१६ नं. वडा कार्यालयको भवन सिलान्यास

उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १६ को वडा कार्यलयको भवन बन्ने भएको छ ।विहिवार एक कार्यक्रमका विच जिल्ला समन्वय समिती उदयपुरका प्रमुख श्री खड्ग बहादुर पारियार (दर्नाल) ज्यु को प्रमुख आतिथ्यमा भवनको शिलान्यास गरिएको हो ।

१ करोड ५० लाखको स्टिमेट रहेको अढाई तले भवनको आधारभूत कामका लागि जिल्ला समन्वय समितिले १५ लाख रुपैया विनियोजन गरेको छ । सोही बजेटबाट भवनको बेसको कामहरु सम्पन्न गर्ने गरी काम तिब्र रुपमा थालिएको वडा अध्यक्ष मान बहादुर राईले  बताउनुभयो । वडाध्यक्ष राईले बहुवर्षिय योजनाको रुपमा अगाडी बढाई भवनको निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो । आवश्यक सहयोगहरुसमेत जुटाउनतर्फ लाग्दै वडाले विशेष प्राथमिकतामा भवन निर्माणको कामलाई अगाडी सार्ने बताउनुभयो ।

भवनको सिलान्यास गर्दै समन्वय प्रमुख परियारले वडाको भवन निर्माणपछि प्रभावकारी कार्य सम्पादन हुने बताउनुभयो । उहाँले वडाध्यक्षको सक्रियता र पहलबाट सिलान्यास भएको भवन कार्यकालभित्र नै निर्माण सम्पन्न हुने आशा ब्यक्त गर्नुभयो । कार्यक्रमका बिशेष अतिथी जिल्ला समन्वय समितिका उप प्रमुख गंगा राईले कार्यलय भवन ब्यबस्थित भए जनताले सेवा लिन पनि सहज हुने हुदा सबैले भवन निर्मण कर्यमा साथ सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधी,स्थानिय राजनीतिक दलका प्रतिनिधी , नागरिक समाज, सामुदायिक वन समुह, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्बसाधारणहरुको सहभागिता रहेको थियो ।

radioudayapur

ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर