ओरेक नेपालद्धरा भुल्केका बालबालीकामा खोपसेवा सञ्चालन

0
284

उदयपुर । उदयपुरको त्रियुगा नगरपालीका ३ भुल्के कोरोना प्रभावीत क्षेत्रका बालबालीकालाई खोप सेवा सञ्चालन गरिएको छ । कोरोना भाईरसकको संक्रमण देखिएसंगै भुल्के क्षेत्रका बालबालीकाले ३ महिना देखि नियमित लगाउने खोप लगाउन पाईरहेका थिएनन् । जिल्ला जनस्वास्थ्य कार्यलय, उदयपुर, त्रियुगा नगरपालीका र ओरेक नेपाल, उदयपुरको सहकार्यमा बिहीबार एक वर्ष मुनिका २६ जना बालबालीकालाई खोप लगाईएको छ ।


बालबालीकालाई खोप लगाउन नपाउदा सवै आमाहरु चिन्तित थिए । बालबालीकालाई नियमित खोप लगाउन जिल्ला स्वास्थ्य कार्यलय लैजादा भुल्के क्षेत्रका बासिन्दा भन्दै बाहिरबाटै फर्काईदिने गरेको अम्रिता निरौलाले बताउनु भयो । खोप सेवासंगै ओरेक नेपालले खोप सेवामा सहभागि महिलाहरुको लागि मनोपरामर्श सेवा सञ्चालन गरेको थियो भने ६ महिना माथीका बालबालीकालाई पोषयुक्त खानेकुरामा सर्बोत्तम पिठो बितरण गरेको थियो ।