उदयपुरमा ६ केजी गाँजा सहित २ जना पक्राउ

0
9

उदयपुर, जेठ ५ । उदयपुरको उदयपरगढी गाउँपालिका–४ तितिरेबोट स्थितबाट ६ केजी प्रतिबन्धित लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाका लिलादेवी राम र अस्मिता राम रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उयपुरका अनुसार अस्थाई प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उनिहरुलाई प्रतिबन्धित लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।