उदयपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते

0
45

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन्। चौदण्डीगढी नगरपालिका–९ को हँडियाबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०५००२ क १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको उत्तरतर्फ रहेको सखुवाको रुखमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–५ सिवाई बस्ने १८ वर्षीय समिर चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नगर अस्पताल लगिए पनि अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै, दुर्घटनामा सोही स्थानका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।