Wednesday, July 22, 2026
Homeकोशी प्रदेशउदयपुरमा १० केजी २३० ग्राम गाँजासहित अटो चालक पक्राउ

उदयपुरमा १० केजी २३० ग्राम गाँजासहित अटो चालक पक्राउ

रेडियो उदयपुर, कात्तिक १७ गते शोमबार । १० केजी २३० ग्राम प्रतिबन्धित लागू औषध गाँजा सहित आईतबार एक जना पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका–१ आम्बासीस्थित रुपनगर–चतरा–नडाह सडक खण्डमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले १० केजी २३० ग्राम प्रतिबन्धित लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को २ ह ४२४६ नं.को अटो जाँच गर्ने क्रममा अटोको पछाडिबाट लुकाई–छिपाई लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको हो। अटो चालक बेलका नगरपालिका–९ बस्ने ३२ वर्षीय बलबहादुर बि.क. लाई अटो सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular