Wednesday, July 22, 2026
Homeकोशी प्रदेशमलद्वारमा लुकाएर लागूऔषध ओसार्ने दुई जना उदयपुरमा पक्राउ

मलद्वारमा लुकाएर लागूऔषध ओसार्ने दुई जना उदयपुरमा पक्राउ

रेडियो उदयपुर, कात्तिक १७ गते शोमबार । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ पैतालिस चोकमा प्रहरीले मलद्वारमा फ्रिजिङ गरी प्रतिबन्धित लागू औषध ल्याउँदै गरेका दुई जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले आइतबार साँझ करिब ५ बजे पैदल हिँडिरहेका दुईजनामा शंका लागि चेकजाँच गर्दा उक्त घटना पत्ता लागेको हो। शंका लागि दुबैजनालाई नगर अस्पताल चौदण्डीगढीमा लगेर एक्स–रे गर्दा मलद्वारमा ३३ एम्पुल प्रतिबन्धित लागू औषध लुकाएर ल्याएको खुलेको प्रहरी जनाएको छ।
पक्राउ पर्नेमा चौदण्डीगढी–७ बस्ने २४ वर्षका पर्शुराम तिमल्सिना (१५ एम्पुल सहित) र सोही नगरपालिका–६ बस्ने २३ वर्ष का विवेक राई (बिक्की) (१८ एम्पुल सहित) पक्राउ परेका हुन् । निजहरुले फ्रिजिङ विधि प्रयोग गरी लागू औषध शरीरभित्र लुकाएर ल्याएको पुष्टि भएपछि अस्पतालको सहयोगमा औषध निकालिएको प्रहरीले जनाएको छ। हाल दुबैजनालाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular