संविधान दिवसको अवसरमा उदयपुरमा अन्तरक्रिया कार्यक्रम

0
41

रेडियो उदयपुर, २०८२ असोज ३ गते, शुक्रबार । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँएको छ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ । संविधान दिवस–२०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँएको छ । उदयपुरमा पनि आज संविधान दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । जिल्ला स्तरीय आयोजक समिति उदयपुरले जिल्ला समन्वय समिति उदयपुरको व्यवस्थापनमा आयोजित अन्तरक्रियामा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाई, नेपाली सेनाका गणप्रमुख मनोज कार्की लगायत सुरक्षा निकायका प्रमुखहरू कार्यक्रममा उपस्थित भएका थिए। कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, कर्मचारी, नागरिक समाजका प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीहरूले पनि भाग लिएका थिए। सहभागीहरूले नेपालको संविधानको महत्वबारे चर्चा गर्दै यसले देशको शासन र विकासमा खेलेको भूमिकालाई उजागर गरेका थिए। साथै आवश्यकता अनुसार संविधान संशोधन गर्दै देशलाई समृद्धितर्फ लैजानुपर्नेमा जोड दिएका थिए।