रेडियो उदयपुर, २०८२ भदौ १८ गते, बुधबार । उदयपुरमा प्रहरीले २०७ एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले मंगलबार दिउँसो करिब १२ः२० बजे त्रियुगा नगरपालिका–६, लालपत्ता क्षेत्रमा चेकजाँच गर्ने क्रममा औषधिसहित पक्राउ गरेको हो । कदमाहाबाट गाईघाटतर्फ आउँदै गरेको सार्वजनिक सवारी साधन विङगर चेकजाँच गर्दा झोलाभित्र लुकाइ ल्याइएको अवस्थामा फेनार्गन ६९ एम्पुल, डाइजेपाम ६९ एम्पुल र बुप्रिनोर्फिन ६९ एम्पुल फेला परेको प्रहरीले जनाएको छ । सोही क्रममा त्रियुगा नगरपालिका–१०, बोक्से बस्ने ३३ वर्षीय डेनिल बस्नेतलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बस्नेतलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।