Wednesday, August 5, 2026
Homeप्रमुख समाचारस्मृती बृक्षारोपणको छैठौ बार्षीक उत्सब कार्यक्रम सम्पन्न

स्मृती बृक्षारोपणको छैठौ बार्षीक उत्सब कार्यक्रम सम्पन्न

रेडियो उदयपुर, २०८२ भदौ १८ गते, बुधबार । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा उदयपुरले स्मृती बृक्षारोपणको छैठौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १० बाँसबारी स्थीत मदनभण्डारी आँखा अस्पताल परिसरमा २०७६ भदौ १८ गतेको दिन आफनो प्रियजन तथा आफन्तको स्मृतीमा सम्मान तथा श्रद्धासहित बृक्षारोपन गरिएको हो । भदौ १८ लाइ हरेक बर्ष स्मृती बृक्षारोपणको बार्षीक उत्सबको रुपमा मनाउदै बिरुवा गोडमेल, मल जल अर्पण तथा श्रद्धासुमन स्मृतीभाब ब्यक्त गरिन्छ । संघका अध्यक्ष भागवत राउतका अनुसार, अस्पताल परिसरमा १९ प्रजातीका बिरुवा रोपण गरिएको छ । पितृ–पुर्खाको सम्झनामा गरिएको रुद्राक्ष, कपुर, अगरउड, मलेसियन साल, सरिफा बेतगमला, बास, आँप, लिचि ,पाउलोनिया, सीता असोक, नागेस्वोरी, खमारी, बेल, सल्लो, रिट्ठा,च्यूरि ,एभोक्याडो, बिभीन्न प्रजातीका फलफुलहरुले श्रद्धाभाब सम्मान संगै वातावरण संरक्षण र आर्थिक लाभ समेत दिने अपेक्षा गरिएको छ । अहिले नै केही रुद्राक्षका बोटहरुमा फल लाग्न सुरु समेत भइसकेको छ ।
अस्पताल परिसरमा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो स्वर्गीय माता श्री मधुमाया ओलीको स्मृतीमा ,सम्माननिय सभामुख देबराज घिमीरेले बुवा पध्म प्रसाद घिमीरेको स्मृतीमा, कोशी प्रदेश उपसभामुख माननिय श्री सिर्जना दनुवारले आफनो आमा धनरुपी दनुवारको स्मृतीमा गर्नुभएको बृक्षारोपण देखी आज रेडक्रस उदयपुरको अध्यक्ष श्री शम्भु पौडेलले आफनो बुवा श्री रमेशलाल पौडेलको स्मृतीमा र प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले आफनो बुवा छत्रपति लुइटेलको स्मृतमिा गर्नु भएको बृक्षारोपण संगै १९२ जनाले आफनो प्रियजनको स्मृतीमा बिरुवा रोपण गरेका छन् ।
स्मृती बृक्षारोपण कार्यक्रममा, कोशी प्रदेशसभा माननिय उपसभामुख सृजना दनुवार, त्रियुगा नगरपालिका उप प्रमुख श्री महेश्वरी राइ, प्रमुख जिल्ला अधीकारी श्री प्रेम प्रसाद लुइटेल लगाएत उदयपुरका बिभीन्न क्षेत्रका अगुवाहरुको बाक्लो उपस्थीती रहेको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular