उदयपुरमा लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवद्र्धनका लागि दुई दिने तालिम

0
23

आस्था ज्यु ठकुरी , रेडियो उदयपुर, भदौ १४ – उदयपुरमा लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवद्र्धनका लागि सामाजिक उत्तरदायित्वसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। ओरेक मधेस प्रदेशको आयोजना,(UN Women)को साझेदारी तथा अग्निसाईर कृष्णसवरण गाउपालिकाको समन्वयमा तालिमको आयोजना भएको हो । पालिकास्तरमा बजेट विनियोजन र योजना निर्माण गर्दा महिला, पुरुष, दलित, सीमान्तकृत समुदाय, अपांगता भएका महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई समान र अर्थपूर्ण सहभागितामा ल्याउने तालिमको उद्देश्य रहेको ओरेक प्रदेश संयोजक विणा सिंहले जानकारी दिनु भयो ।
कार्यक्रममा स्लाइड प्रिजेन्टेसन मार्फत लैङ्गिक समानतासम्बन्धी विषय प्रस्तुत गर्नुका साथै सहभागीलाई समूहगत खेल र चित्र मार्फत लैङ्गिक, सामाजिक र पारिवारिक अवस्थाबारे छलफल गराइएको थियो। तालिमका प्रशिक्षक कृष्णकुमार शाह रहेका थिए भने सहयोगी प्रशिक्षकका रूपमा विणा सिंह र रीता शाह रहनु भएको थियो ।
ओरेकले यो तालिमलाई सामाजिक अभियान्ता, महिला मानवअधिकार रक्षक तथा स्थानीय तहका सामाजिक संस्थालाई लक्षित गरेर सञ्चालन गरेको ओरेक प्रदेश संयोजक विणा सिंहले जानकारी दिनु भयो । तालिममा सप्तरीको अग्निसाईर कृष्णसवरण गाउपालिका बाट २१ जना सहभागी भएका थिए। ओरेक आधार उदयपुरमा शुक्रबारबाट सन्चालन भएको तालिम सनिबार सम्पन्न भएको हो ।