रेडियो उदयपुर, २०८२ भदौ ८ गते, आइतबार । उदयपुरको कटारी नगरपालिका–१ चुरीया स्थित गिटी बोकेको टिफरमा आगलागी हुँदा १९ लाख बराबरको क्षती भएको छ ।
शनिबार राती ११ बजेर ४५ मिनेटको समयमा चुरीया स्थित सिद्धिचरन राजमार्गमा दुधौलीबाट मिर्चैया तर्फ जादै गरेको ना ८ ख ५९४१ नम्बरको टिफरको वायरिङ तार सट भई अगाडी क्याबिनको भागमा अचानक आगलागी भएको हो ।
आगलागीबाट मानवीय क्षति भने नभएको र टिफरमा भएको आगलागीे प्रहरी र दमकलको सहयोगमा राति १२ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।