उदयपुरमा करेन्ट लागेर एक किशोरीको मृत्यु

0
13

रेडियो उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ । बेलका–५ निवासी सञ्जीव कार्कीकी १७ वर्षीया छोरी दुर्गा कार्की, शुक्रबार बिहान घर छेउमै रहेको कुखुरा फार्ममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।
बिहान करिब ८ः३० बजे करेन्ट लागेपछि छटपटाइरहेको अवस्थामा उनलाई आफन्तहरूले तत्कालै बेलका नगर अस्पताल पु¥याएका थिए । तर, उपचारका क्रममा बिहान ९ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।