महिलाबादी क्षमता बिकास तालिम सुरु 

0
11

उदयपुर । सामुदायिक रेडियोमा काम गर्ने कार्यक्रम उत्पादकहरुलाई महिलावादी क्षमता विकास तालिम सुरु भएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र र सामुदायिक रेडियो उदपुरको आयोजनामा आइतवार देखि तालिम सुरु भएको हो ।

तालिमको पहिलो दिन अधिकारकर्मी सबिता पोखरेलले लिङ्ग,लैगीकता,सामाजिक ,महिला र पुरुष प्रति रहेको लंैगीक भुमिका ,लंैगीक बिभेदमा आधारित हिंसा बाट हुने असर र लैंगीक हिंसा अन्त्यको उपायहरुको बारेमा सहजिकरण गर्नुभएको थियो ।

महिलावादी स्रोत केन्द्रको सहकार्यमा उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासको ओरेक आधारमा संचालित तालिममा कोशि प्रदेशभरीका सामुदायिक रेडियोहरुवाट १५ जना महिला रेडियो कार्यक्रम उत्पादकहरुको सहभागिता रहेको छ । आइतवार देखि सुरु भएको तालिम मंगलवार सम्म संचालन हुने जनाएको छ ।