उदयपुर । वडा दशै तथा तिहारको अवसर पारेर बृहत आदिम संगम सास्कृतिक कार्यक्रम हुने भएको छ । असोज २२ गते उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ७ चुहाडेमा कार्यक्रम हुने जनाएको छ ।
संगम समाज नेपाल र आदिम मिडिया ग्रुपको संयुक्त आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम हुन लागिएको अदिम मिडियाका अध्यक्ष सैनध्वज दनुबारले बताए । उनले उक्त कार्यक्रममा गायिका एलिना चौहान,लोक स्टार बिनोद दनुवार र कमेडियन फुलेन्दीकी आमाको प्रस्तुती रहने जनाए ।
यस्तै कार्यक्रममा जातिय झांकीहरु प्रदर्शन तथा खाना परिकाहरुको मेला समेत रहने जनाए । कार्यक्रमले उदयपुरको परम्परा तथा कला संस्कृतिलाई सम्मान । प्रोत्साहन गर्दै आन्तरिक पर्यटनलाई प्रवद्र्धन हुने लक्ष्य लिएको जनाएको छ ।