बाहिर बाट आयात हुने मदिरा र सुर्तिजन्य पदार्थ लिम्चुङबुङमा प्रतिवन्ध

0
100

उदयपुर । लिम्चुङबुङ गाउँपालिकाले मदिरा पदार्थ र सुर्ति जन्य पदार्थ आयातमा रोग लगाउने निर्णय गरेको छ । मंगलबार पालिकाको १८ औँ कार्यापालिका बैठकले उक्त निर्णय पास गरेको हो । पालिकाबासीहरुलाई स्वास्थ्य स्वच्छ र बिक्रिति रहित बनाउने भन्दै उक्त पदार्थ आयातमा रोक लगाईएको पालिकाले जनाएको छ ।

पालिका अध्यक्ष मेजर कुमार राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णय नं २ ले अन्यत्रबाट आयात गरिने सिसाजन्य मदिरा तथा अन्य पेय पदार्थहरुमा रोग लगाएको हो । बियर, रक्सी, कोक, डिउ, फेन्टा, रेडवुल जस्ता पेय पदार्थ र सुर्तिजन्य खैनी, चुरोट, गुड्खा आदी सुर्ती जन्य पदार्थहरुमा रोग लगाउने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ ।

यस्तै प्रबन्धित समाग्रीहरु पालिकाको नाकाहरु वाट भित्रिएको भेटिएमा कडा रुपमा कारवाही गर्ने पालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । उहाँले बाहिर सिसा जन्य मदिराको प्रयोगले पालिकामा घरेलु हिसां बढदै गएको र स्थानिया आर्थिक संकट पनि हुन थालेको जनाउनुभयो । स्थानिय उत्पादनलाई प्राथमिकतामा राखी बाहिरी मदिरा र सुर्ति जन्य बस्तुहरुमा रोक लगाएको बताउनुभयो ।