११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सचेतनामुलक सडक साँस्कृतिक कार्यक्रम

0
160

उदयपुुर । ११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सचेतनामुलक सडक साँस्कृतिक कार्यक्रम गरि मनाइएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर र रेडियो उदयपुरको आयोजनामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा सचेतामुलक कार्यक्रम गरि मनाइएको हो ।

सामन्ती,जडसुत्रबादी पितृसत्तात्मक सोच बिरुद्धको संघर्षमा लगानीःसभ्य समुन्नत समाजको थालनी नारा संगै शुक्रवारे राजावास बजारमा स्थानियहरुको प्रत्यक्ष सहभागितामा दिवस मनाएको हो । कार्यक्रममा त्रियुगा युवा महिला संजाल,थारु युवा महिला संजाल र दनुवार युवा महिला संजालले सचेतनामुलक नृत्य,सडक नाटक प्रस्तुत गरेका थिए ।

यस्तै कार्यक्रममा सस्थाले केहि दिन अगाडी रेडियो मार्फत संचालन गरेको कविता प्रतियोगिताका उत्कृष्ट ५ कविता लेखकहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो ।समानता शिर्षकको कविता प्रतियोगितामा उत्कृष्टमा पर्न सफल ५ कबिता छनौट गरि पुरस्कार बितरण गरेको हो ।

पुरस्कृत हुने प्रथम ताप्ली गाउपालिकाका तिजा मगर , द्धितिय त्रियुगा नगरपालिका १० बोक्सेका अनुराग अभिलाषी,तेस्रो त्रियुगा नगरपालिका ३ भुल्कके रन्जु चौधरी, र दुई वटा सान्त्वना त्रियुगा नगरपालिका १६ साहीखोलाका रन्जना कार्की, र अन्जना शर्माको कबिता उत्कृष्टमा पर्न सफल भएको थियो । कार्यक्रममा महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवार,गैसस महासंघ उदयपुरका अध्यक्ष सृजना पौडेलले कार्यक्रममा आफनो भनाई राख्दै महिलाको श्रमको सम्मान हुनु पर्नेमा जोड दिनुभयो ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।