सुत्केरी महिलालाई ओरेकको पहलमा उप सभामुख दनुवार र एसपी थापा द्धरा सहयोग

0
266

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ उत्तराइटोलको मुसहर समुदायका एक सुत्केरी महिलालाई सहयोग गरिएको छ ।

ओरेक उदयपुरको पहलमा कोशि प्रदेशका उप सभामुख माननिय सृजना दनुवार र उदयपुर जिल्लामा भर्खरै सरुवा भएका आउनुभएका एसपी रमेश थापाद्धरा सहयोग प्राप्त भएको हो । आइतवार उप सभामुख सहितको टोली सुत्केरी महिलाको घरमै पुगेर सहयोग गरेको हो ।

अप्रेशन गरी बच्चा जन्माएको ८ दिन मात्र भएको परिवारमा आर्थिक अवस्था नाजुक रहेको र खान,लाउन र बस्न लाई पनी समस्या भएकोले सहयोगको लागी आवहन गरेको ओरेक उदयपुरका संयोजक बाला कार्कीले बताउनुभयो । उहाँले सहयोग गुर्नहुने उप सभामुख माननिय सृजना दनुवार र जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी  उपरीक्षक रमेश थापालाई धन्यवाद समेत दिनु भयो ।

कार्कीका अनुसार महिलालाई चामल ,दाल,मसला ,तेल र तिजको दर खानका लागि रकम सहित उप सभामुख दनुवार घरमै गएर सहयोग गर्नुभएको बताउनुभयो । यस्तै आफ्नो छोराको जन्मदिनको अवसरमा एसपी थापाले चामल ,ब्ल्याङ्केट,बच्चालाई कपडा , दाल लगाएत अति आवश्यक सामाग्रीहरु सहयोग गर्नुभएको छ ।

२०८० भाद्र ३१ गते राष्ट्रिय वाल दिवसको अवसरमा सोहि गाउँमा ओरेक नेपाल ,गैसस महासंघ र जिल्ला प्रहरी कार्यलयले सरसफाईको कार्यक्रम आयोजना गरिएको थियो । सोहि क्रममा अप्रेशन गरी बच्चा जन्माएकी सुत्केरी महिला स्वास्थ्य समस्या र खानपानको अभावले छट्पटाइरेको अवस्थामा भेटिएकी थिइन् ।

संयोजक कार्कीका अनुसार अझै सहयोगको अभाव छ । सवैलाई सहयोग गरिदन पनी उहाँले आवहन गर्नुभएको छ । यस्तै ओरेक उदयपुरले तत्काल स्वास्थ सेवाका ,डिग्नीटी किड सहयोग गरेको थियो ।