Tuesday, July 21, 2026
Homeप्रमुख समाचारयूवा महिला संजाल ताप्लीको अध्यक्षमा तिजा मगर चयन

यूवा महिला संजाल ताप्लीको अध्यक्षमा तिजा मगर चयन

उदयपुर । यूवा महिला संजाल ताप्लीको अध्यक्षमा तिजा मगर चयन भएकी छिन् । आईतबार ताप्ली गाउँपालिका वडा नं. ५ को सभाहलमा भएको भेलाले मगरको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संजालको उपाध्यक्षमा बिबिशा दियाली, सचिवमा कामना श्रेष्ठ र कोषाध्यक्षमा सफलता श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा रञ्जना मगर, खेमकुमारी श्रेष्ठ, अञ्जना खड्का, सुजता खड्का, मञ्जु राई, अञ्जु राई र विन माया मगर चयन भएका छन् ।

महिला शसक्तिकरण श्रोत केन्द्र उदयपुरको आयोजनामा भएको कार्यक्रममा बालविवाह न्युनिकरणका सम्बन्धि अन्र्तक्रिया कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमको समापनसत्रमा बोल्दै ताप्ली गाउँपालिकाकी उपाध्यक्ष धनम मगरले नयाँ कार्यसमितिलाई बधाई दिँदै बालविवाह न्युनिकरण, महिला तथा बालबालिका माथि हुने हिंसा न्युनिकरण तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभियान संचालन गर्न संजालको महत्वपूर्ण भुमिका हुने उल्लेख गर्नुभयो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular