तिजको अवसरमा महिला सशक्तिकरणको लागी सामुदायिक वनको भुमिका विषयक कार्यक्रम सम्पन्न 

0
176

उदयपुर । हरितालिका तिजको अवसरमा महिला सशक्तिकरणको लागी सामुदायिक वनको भुमिका विषयक कार्यक्रम सम्पन्न भएको छ । शनिवार सरस्वती सामुदाकिय वन उपभोत्ता समिती त्रि.न.पा ५ देउरीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । “वन भरी नै हरियाली उपभोत्तामा खुसीयाली” नारा संगै सामुदायिक वन क्षेत्रको ऐतिहासिक नाग कुण्ठ,मयुरवन स्थीत अन्तरक्रिया संगै शुभकामना आदान प्रदान कार्यक्रम समेत भएको थियो ।

कार्यक्रममा स्थानिय महिलाहरुले स्थानिय सरकारले शिप र आयआर्जन मुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने बताएका थिए । उनीहरुले महिला सशक्तिकरण र नेतृत्व विकासमा स्थानिय सरकारका जनप्रतिनिधीहरुले चासोको रुपमा लिन्छ भन्ने आश रहेको वताएका थिए ।

कार्यक्रममा जिल्ला साहयक वन अधिकृत जागेश्वर शाहले सरस्वती सामुदायिक वन जिल्लामा उत्कृष्ट सामुदायिक वन घोषणा भई पुरस्कृत समेत भइसकेको बताउनुभयो । उहाँले जिल्ला भित्र नमुना वनको रुपमा रहेको र आफ्नो वनक्षेत्रमा पर्यटकीय क्षेत्र ‘मयुरवन’ निर्माण गरेको छ । मयुर वनमा हिन्दु तथा किरात धर्मसम्बन्धी सामाग्री निर्माण गरेको छ । साथै वृक्षारोपण समेत गरी वनसंरक्षण गर्दै आइरहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा प्रमुख अतिथी त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले सरस्वती सामुदायिक वनले महिलाको विषयलाई उठान गरी कार्यक्रम संचालन गरेको प्रति खुसी व्यक्त गर्नुभयो । उहाँले सधै आफु महिलाको क्षेत्रमानै काम गर्दै आइरहेकोले अव स्थानिय सरकारलको माध्यमवाट महिलाको शपि,विकास र सशक्तिकरणमा आफु लागी परेको बताउनुभयो । महिलाहरुलाई तालिम र शिप प्रदान गरी व्यवसाय उन्मुख बनाई आर्थिक आय आर्जनका लागी नगरपालिकाका वाट योजनाहरु अघी सारेको बताउनुभयो ।

सामुदायिक वनका अध्यक्ष दिपक वान्तवाको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा आभासा अभियान्ता नजवुल खान,नेपाल पत्रकार महासंघ उदयपुरका सल्हाकार भोटराज राई लगाएतले कार्यक्रमको सम्वोधन गरेका थिए । तिजको अवसरमा दर समेत खुवाइएको कार्यक्रममा महिला दिदि वहिनीहरुको बाक्लो उपस्थितीमा नाचगान समेत भएको थियो ।