युवा नेतृत्व तथा पैरवी योजना निर्माण जिल्ला सम्मेलन 

0
267

रन्जु दनुवार,उदयपुर । उदयपुरमा युवा नेतृत्व तथा पैरवी योजना निमार्ण सम्वन्धी तालिम संचालन भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ राजावसमा रहेको ओरेक नेपालको महिलावादी सभाहलमा तालिम संचालन भएको हो ।

“विकास परिर्वतन र रुपान्तरणका लागी युवा”नारा संगै जिल्ला युवा संजाल उदयपुर ,ओरेक उदयपुर र जातिय छुवाछुत कसुर सम्बन्धी सचेतना कार्यक्रम संचालक उ.स रौतामाई गाउँपालिकाको आयोजनाका कार्यक्रम संचालन भएको छ ।

जिल्लाको ८ वटै पालिकाको युवाहरु लाई भेला गरी नेतृत्व विकास र जातिय छुवाछुत तथा विभेद विरुद्ध युवा विषयमा तालिममा सहजिकरण भइरहेको छ । प्रदेश नम्वर १ का सभा सदस्य मा.अम्विका थापाको निर्वाचन क्षेत्र विकास कोष कार्यक्रम अन्तर्गतको सहयोगमा तालिम संचालन भएको जिल्ला युवा संजाल उदयपुरका अध्यक्ष तुलसीराम चौलागाईले बताउनुभयो । दुई दिन सम्म संचालन हुने भेला तथा तालिमको उद्धघाटन प्रदेश सभा सदस्य मा.अम्विका थापाले गर्नुभएको थियो ।

तुलसीराम चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा उदयपुरको विभिन्न समाजिक संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । तालिममा जिल्लाभरी वाट ९० जना युवाहरु सहभागीता रहेको छ ।