प्रथम उदयपुर मलिथम फुटवल च्यामपियनशिपको उपाधी जेवाइसी जोगीदहले हात पार्यो

0
16

डिएन चौधरी,उदयपुर । प्रथम उदयपुर मलिथम फुटवल च्यामपियनशिप २०२१ को उपाधी जेवाइसी युवा क्लव जोगिदहले हात पार्न सफल भएको छ ।

कार्तिक १३ गते शनिवार भएको फाइनल खेलमा हडिया एफ.सीलाई १–० गोलको अग्रताले च्यामपियनशिपको उपाधी जित्न सफल भएको हो । उपाधी जिते संगै जेवाइसी जोगिदहले नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने उप विजेता हडिया एफ.सीले नगद १५ हजार प्राप्त गरे ।

मलिथम थारु सेवा समाज उदयपुरद्धरा आयोजित च्यामपियनशिपको फाइनल खेलमा जेवाइसीका तर्फवाट सर्वाधिक गोलकर्ता आनन्द देव चौधरी हुन सफल भए भने,सर्वउत्कृष्ट गोलरक्षक जेवाइसी वाटै संजय चौधरी हुन सफल भए । यस्तै बेस्ट डिफेनडरको उपाधी जेवाइसीकै गनेश चौधरी भए भने म्यान अफ द म्याच जेवाइसीकै देवराज चौधरी घोषित भए संगै उनले नगद १५ सय रुपैया प्राप्त गरे ।

सर्वउत्कृष्ट खेलडीको उपाधी हडिया एफ.सीको तर्फवाट आशिस चौधरी हुन सफल भए भने उदयमान खेलाडीको उपाधी लक्ष्मिपुर एफ.सी वाट रविन्द्रशंकर चौधरी हुन सफल भएको मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष संजय चौधरीले बताए ।

थारु समुदायका युवाहरुलाई लक्षित गरी लागु पदार्थ दुव्यसर्नी विरुद्धको अभियान अन्तगर्त वडा दशै र शुभदिपावलीको अवसर पारेर असोज ३१ गते वाट च्यामपियनशिप शुरु भएको थियो । वेलका नगरपालिका १ पुरन्दहामा अवस्थित श्री जनता बेलका मावीको खेलमैदानमा संचालित खेलको समापन कार्यक्रम कार्तिक २ गते नै तय गरे पनी प्रतिकुल मौसमको प्रभावका कारण स्थगित गर्नु परेको थियो । च्यामपियनशिपको मुख्य प्रयोजक युएसए वाट चतुरानन्द चौधरीको रहेको अयोजकले जनाएको छ ।