Tuesday, July 21, 2026
Homeखेलकुदप्रथम मलिथम फुटवल च्यामपियन शिपको सम्पुर्ण तयारी पुरा

प्रथम मलिथम फुटवल च्यामपियन शिपको सम्पुर्ण तयारी पुरा

डिएन चौधरी,उदयपुर । वडा दशैको अवसरमा आयोजित हुन लागेको प्रथम मलिथम फुटवल च्यामपियनशिपको उद्धघाटन खेलको लागी सम्पुर्ण तयारी पुरा भएको छ ।

मलिथम थारु सेवा समाज उदयपुरको अयोजनामा बेलका नगरपालिका १ स्थित श्री जनता बेलका मावी पुरन्दहाको खेल मैदानमा हुन गइरहेको च्यामपिएनशिप शनिवार देखी शुरु हुदैछ ।

पछिल्लो समय युवाहरु लागु पदार्थ दुव्र्यशनीमा वढ्दो रहेकोले खेलको माध्यमवाट यस्को न्युनिकरणको अभियान अन्तरर्गत थारु समुदायको युवाहरुलाई लक्षित गरी खेलको आयोजना गरिएको मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष संजय चौधरीले बताए । उनका अनुसार, ८ वटा सहभागी टिम मध्ये लक्ष्मिपुर एफ.सी र टि.एफ.सि ज्यामिरे पहिलो चरणमा उद्धघाटन खेल खेल्दैछ ।यस्तै दोश्रो चरणमा चौदन्डिगढी एफ.सी र हिमालयन युवा क्लव मोथियाही विच खेल हुदैछ।

कार्तिक २ गते हुने फाइनल खेलको बिजेताले नगद २५ हजार संगै ट्रफी,मेडल र प्रमाण पत्र पाउने छ भने उप बिजेताले ट्रफी,मेडल र प्रमाण पत्र संगै नगद १५ हजार प्राप्त गर्ने खेलकुद व्यवस्थापक कृष्णमान चौधरीले बताए ।

थारु समुदायलाई लक्षित गरी संचालन हुन गइरहेको प्रथम मलिथम फुटवल च्यामपिएनशिपको उद्धघाटन प्रदेश १ प्रदेश सभा सदस्य माननिय श्री सुनिता कुमारी चौधरीले गर्नुहुने तालिका रहेको आयोजक समुहले जनाएको छ । खेल पहिलो चरणमा दिउसो २ः३० मा र दोश्रो चरणको दिउसो ४ वजे संचालन हुने जनाएको छ ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular