मलिथम फुटवल समुहलाई जर्सी सहयोग 

0
328

उदयपुर । मलिथम फुटवल समुहका खेलाडीहरुलाई जर्सी सहयोग प्राप्त भएको छ । युवाहरुलाई खेलकुदमा आकर्षित गर्नका लागी निमार्ण गरिएको समुहका खेलाडीहरुलाई जर्सी सहयोग प्राप्त भएको हो ।

युएसएमा रहेका समाजसेवी लोकेन्द्र चौधरी र चतुरानन्द चौधरीले मलिथम थारु सेवा समाज उदयपुरको समन्वयमा २० हजार २७ रुपैया वरावारको जर्सी सहयोग गरेको संस्थाका अध्यक्ष संजय चौधरीले बताए । अधयक्ष चौधरीले संस्थाकै समुह मध्येवाट खेलकुद समुह निमार्ण गरी विभिन्न खेलहरुमा युवाहरुलाई सहभागी गराउने बताए ।

खेलाडीहरुलाई जर्सी तथा खेलकुद समाग्री सहयोग गर्नुहुने सहयोगी मनलाई संस्थाको तर्फवाट धन्यवाद ज्ञापन गरिएको छ । कोभिडले थलिएको खेलकुद क्षेत्र जनजिवन समान्य वन्दै गए पछी युवाहरुलाई प्रशिक्षणको आयोजना गर्ने चौधरीले बताए ।