सामुदायिक रेडियो उदयपुर १३ औं वर्षको यात्रामा(भिडियो सहित)

0
495

डिएन चौधरी,रेडियो उदयपुर । महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुर द्धरा सञ्चालित सामुदायिक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज आज(आइतवार) देखि १२ वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ ।महिलाहरुको सूचनामा पहुँच र सञ्चारको माध्यमबाट महिलाहरुलाई सशक्त बनाई सामाजिक परिवर्तन र विकासमा सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको रेडियो उदयपुर प्रथम गणतन्त्र दिवसको अवसर पारेर २०६६ साल जेठ १६ गते विधिवत रुपमा सञ्चालन भएको हो ।

रेडियो उदयपुर महिलाहरुद्धारा संचालित नेपालको तेस्रो रेडियो हो ।यस सामुदायिक रेडियो समुदायका महिलाहरुलाई सुचनामा पहुच पुर्याउने र महिला सहभागितामा जोड दिदै सुचनामा बिभेद हुनु हुदैन र नगरौ भन्दै नागरिकको सुचनाको हक अधिकारकारको लागी न्याययुक्त समाज निर्माण गर्दै अगाडी वढिरहेको संस्थाका कार्यकारी निर्देशक तथा रेडियोका स्टेश्न म्यानेजर बन्दना दनुवारले बताउनुभयो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा न ९ राजाबास, नबउदयटोलमा रहेको रेडियो अहिले दैनिक १७ घण्टा प्रशारणमा रहेको छ । प्रतेक वर्ष आफनो बार्षिक उत्सवको अवसरमा औपचारिक कार्यक्रम आयोजना गर्दै आइरहेको रेडियोले यो वर्ष पनी कोभिड १९ को दोश्रो कहरले गर्दा अनलाइन वेस उत्सव तथा रेडियो कार्यक्रमहरु संचलान गरेको छ ।

यसैगरी वार्षिक उत्सवकै अवसरमा जिल्लामा रहेको ४ जना विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई सैक्षिक समाग्री सहयोग गरेको छ । त्रियुगा नगरपालिका २ जना र वेलका गरपालिकाका २ जना गरी ४ जना विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई पालिका र वडा कार्यलयको समन्वयमा सैक्षिक समाग्री सहयोग गरेको श्रोत केन्द्रका अध्यक्ष मन्दिरा दनुवारले बताउनुभयो।

यस्तै बार्षिक उत्सवकै अवसर पारेर नाटक लेखन प्रतियोगिताको नतिजा पनी सार्वजनिक गरेको छ ।
सामुदायिक रेडियो उदयपुरले आयोजना गरेको नाटक लेखन प्रतियोगितामा बिनोद कुमार दास प्रथम हुनु भएको छ । दासले लेख्नु भएको नाटक ः बेस्ट फ्रेन्डले प्रथम स्थान हाँसिल गरेको छ भने समिक्षा विशंखेले लेख्नु भएको नाटक पाईला परिवर्तन तर्फ द्धितिय भएको छ ।

सामुदायिक रेडियो उदयपुरले आह्वान गरेको नाटक लेखन प्रतियोगीतामा समाबेस भएका नाटकहरु मध्य बाट उत्कृष्ट दुई नाटक छनौट भएका हुन ।यी नाटकलाई रेडियो उदयपुरको कार्यक्रम सुनौलो पाईलामा धाराबाहिक रुपमा प्रशारण गरिने छ । साथै प्रथम पुरस्कार २ हजार, द्धितिय पुरस्कार १५ सय रुपैँया नगद पुरस्कार दिईने भएको छ ।

यस्तै संस्थाले कोभिड प्रभावित क्षेत्रमा जिल्लाको कोभिड र्दुत प्रतिकार्य समहको सहकार्यमा १६ हजार वरावरको खाध्यन्न समाग्री सहयोग गरेको छ। बेलका नगरपालिकामा जारी अक्सिजन प्लान्ट निमार्ण अभियानमा १० हजार सहयोग गरेको अध्यक्ष दनुवारले बताउनुभयो ।

रेडियोको सुरुवाती इतिहास
आजभन्दा १२ बर्ष अगाडी त्रियुगा नगरपालिका १६ राजाबास स्थित ,राजाबास आसपासका किशोरीहरु लाई महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालले संयोजन गर्दै अडियो टावरको सुरवात गरीयो जहाँ , ४ बटा माइकहरु राखेर वरपरका ४ पल्लो गाँउसम्म सुनिने गरी हाम्रो सुचनाहरु घन्किन्थे । कृषी,बाताबरण,महिला अधीकार, बाल अधिकार,बिभीन्न सुचनाहरु र समाचारहरु दैनिक साँझ ३ घण्टा प्रशारण हुने गथ्र्यो अन्तत यही प्रयास नै रेडियो उदयपुरको रुपमा परिबर्तन भयो ।
खास गरी संचारमा महिलाको सहभागीताले मात्रै संचारमाध्यममा महिलाको बिषयलाई सुनिश्चित गर्न सक्छ भन्ने ठम्याईबाट रेडियो को सुरवात भएको हो यसको श्रेय महिला मानबअधिकारकर्मि श्री डा.रेणु अधीकारीलाई जान्छ ।
सामुदायीक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्जले संचार मन्त्रालयको अनुमति अनुसार प्रथम गणतन्त्र दिवसको अबसर पारेर बि.स २०६६ साल जेष्ठ १६ गते बिधीबत रुपमा आफनो औपचारिक प्रशारण सुरु गरेको हो यो नेपालमा महिलाहरुद्धारा संचालित नेपालको तेस्रो रेडियो हो । १०० वाट क्षमता रहेको रेडियो उदयपुरको स्टेशन उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा न ९ राजाबास, नबउदयटोलमा रहेको छ । त्रियुगा नगरपालिका, र आसपासका गाबिसहरु संगै सिरहा र सप्तरीका केहि भुभागमा पनि सुनिन्छ ।

रेडियोको संस्थागत संरचना
रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज महिला शसक्तिकरण श्रोत केन्द्र उदयपुरको स्वामित्व र दायित्वमा संञ्चालित रेडियो हो ।संस्थाका कार्यसमितीका सदस्यको सभा नै रेडियो उदयपुरको सर्बोच्च निकाय हो ।रेडिया उदयपुरको १२ औ बर्षसम्मको अनबरत यात्रामा रेडियोले समाजका बिभिन्न पक्षहरुलाई महिलामुखी दृष्टीकोणबाट खोतल्दै र बिश्लेषण गर्दै कार्यक्रमहरु निर्माण गरि प्रशारण गरिरहेको छ ।

रेडियो उदयपुरले महिला शसक्तिकरण ,हिंसा बिरुद्धको रेडियो कार्यक्रम, महिला तथा किशोरी अधिकार , बालअधिकार, शिक्षा, विकास निर्माण, महिला स्वास्थ्य, सरसफाई, खानेपानी, जलवायु परिवर्तन, शुसासन, कृषि, घरेलु उद्योग, आदिवासी जनजातीका भाषा, संस्कृति संरक्षण दलितका सवाले लगाएत सुचनामुलक र बिभीन्न मनेरनजनात्मक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरि सामाजिक परिवर्तन र विकासमा ससहयोग पु¥याई रहेको छ । त्यस्तै बाल बिबाह न्युनिकरणका लागी बाल बिबाह बिरुद्धको अभियान पनि संचालन गरिरहेको छ ।

अहिले रेडियो उदयपुर आफैले उत्पादन गरेको आफ्नै, नेपाली भाषाको समाचार र थारु समाचार गरि दैनिक ४ पटक समाचार प्रसारण गरिरहेको छ ।कोरेना भाइरसको यस महामारीको अवस्थमा पनि रेडियो उदयपुर निरन्तर समुदायमा सुचना पुर्याउन थप जिम्मेवार भएर लागेको छ ।

खासगरी महामारीको डर तनाबबाट कसरी बचाउने परामर्श सहितको कार्यक्रम हामी संगै छौ,मनको साथी,क कोरोना अपडेट स्थानिय सरकारको दायीत्व जिम्मेवारी र खबरदारी सहितको कार्यक्रम चर्चापरिर्चा,सवाल जवाफ संगै अन्य थुप्रै सुचना सामाग्री प्रसरण गरिरहेका छौ ।

रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज प्रगतीशील सन्चार माध्यम हो.। हामी पुर्ण सामुदायीक छौ, हामी समुदायकै कुरा गर्छाै हाम्रो समग्र प्रशारणमा सामाजिक हित लुकेको छ । सामाजिक हित र न्यायको लागी विभिन्न संघ सस्थाहरु अन्य व्यक्तीहरुसंग सहकार्य गरि कार्यक्रमहरु उत्पादन र प्रशारण गर्दै आइरहेका छौ ।

अन्तयमा
रेडियो उदयपुरका यो अनबरत यात्रामा साथ दिनुहुने रेडियोको शुभचिन्तक,स्रोताहरु, बिज्ञापनदाता, बिभीन्न दातृ निकाय, हामीलाइ सधै साथ दिनुहुने रेडियो सचालन समिती, स्टेशन रहेको नबउदटोल र वरपरको समुदायप्रति हामी बिशेष आभार प्रकट गर्दर्छौ, जसले हामीलाइ सधै हौसला प्रेरणा दिनुभयो,र सुरक्षित राखनुभयो विभिन्न समस्या र चुनौतीका वाबजुत पनि रेडीयोलाई १२ वर्षसम्म निरन्तरता दिन हामी सफल भएका छौ । हाम्रा उद्देश्यहरु प्राप्त गर्ने क्रममा छौ अझै पनि । बिश्वास छ, रेडियो उदयपुरलाई तपाइको पुर्ण सहयोग हुनेछ ।