वराहक्षेत्रमा करुणा फाउण्डेशनमा ५० लाख बढीको कार्यक्रम

0
299

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा अपांगता रोकथाम तथा पुनस्थापनाका लागि काम गर्दै आएको करुणा फाउण्डेशन र वराहक्षेत्र नगरपालिका बीच आर्थिक वर्ष २०७७।७८ का लागि दुई पक्षीय सम्झौता भएको छ ।

आर्थिक वर्ष २०७६।७७ मा नगरपालिकाको २५ लाख रुपैयाँ र फाउण्डेशनको २५ लाखको साझेदारीमा काम गरेको संस्थाले चालु आर्थिक वर्षमा प्रदेश सरकारसमेतबाट प्राप्त बजेटमा ५० लाख बढीको काम गर्ने भएको बराहक्षे वराहक्षेत्र नगरपालिका प्रेस सलाहकार नवराज विष्टले बताए ।

शुक्रबार नगरपालिकाका तर्फबाट नगर प्रमुख निलम खनाल र फाउण्डेशनका तर्फबाट सहनिर्देशक योगेन्द्र गिरीले दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरी हस्तान्तरण गरेका छन् । चालु आर्थिक वर्षमा प्रदेश १ सरकारको १५ लाख, वराहक्षेत्र नगरपालिकाको ३४ लाख रुपैयाँमा फाउण्डेशनले काम गर्ने भएको विष्टले बताए ।

करुणाले कोरोना संक्रमणका कारण प्रभावित भएका अघिल्ला वर्षका कार्यक्रमलाई रकमान्तरण गरी चालु आवमा समेत कार्यक्रम सञ्चालन गर्ने छ । संस्थाले मिलिजुली समूह गठन गरी संस्थागत क्षमता विकासका कार्यक्रम समेत गर्दै आएको छ ।
करुणा फाउण्डेशनको यो कार्यक्रम निरन्तर तेस्रो वर्षमा चलिरहेको वराहक्षेत्र नगरपालिकाका कार्यक्रम अधिकृत अरुण मेहताले जानकारी दिए ।