Wednesday, August 5, 2026
HomeUncategorizedचौदण्डिगढी नगरपालिका वडा नम्वर ८ मा पक्की कुलो निमार्ण

चौदण्डिगढी नगरपालिका वडा नम्वर ८ मा पक्की कुलो निमार्ण

भास्कर चौधरी, चौदण्डिगढी उदयपुर ।  चौदण्डिगढीमा नगरपालिका वडा नम्वर ८ मा पक्की कुलो निमार्ण भएको छ । कुलो निकमार्ण भएपछी बाह्रै महिना सिचाई हुने हुदा कृषकमा खुसीयाली छाएको छ ।

आ.ब.०७५र०७६ मा ५ लाख र ०७६र०७७ मा ४ लाख २५ हजार गरि जम्मा ९ लाख २५ हजार रुपैया वडा को लागतमा उक्त सिचाइ आयोजना सम्पन्न भएको योजनाका अध्यक्ष बिनोद कुमार मगरले बताउनुभयो ।

१ सय १० मिटर लम्बाइ रहेको उक्त कुलो मा आजै देखि पानी प्रवेश गराउदै नगर प्रमुख खगेन्द्र राई ,उपप्रमुख रिता कुमारी चौधरी संयुक्त रुपमा उद्धघाटन गर्नुभएको हो ।

नगर सदस्य मन कुमारी कार्की ,प्रमिला दनुवार ,बिमला राई ,वडा सदस्य हरु,स्थानीय युवा ,बुद्धिजीवी र योजना समिति का सदस्य एवं कृषक हरुको उपस्थितिमा अनुगमन तथा निरीक्षण सहित उदघाटन गर्नु भएको हो ।
२०३६ सालमा आएको दुवार खोलाको बाढीले बगाएको कुलो स्थाई रूपमा पक्की रुपमै पुनः निर्माण हुदा यस भेगको १२ बिगहा भन्दा बढी जग्गा बार्है महिना सिन्चित हुने जस्ले यहाँ कृषि जन्य समाग्री नियमित उत्पादन गरि आय आर्जन मा टेवा पुर्याउन सक्ने स्थानीय शिक्षक अर्जुन कुमार ओझाले बताउनु भएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular