एकका लागी एक अभियानद्धरा वडा नम्वर १ जोगीदहमा राहत वितरण

0
340

डिएन चौधरी,उदयपुर । एकका लागी एक अभियानले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १ जोगिदहमा राहत समाग्री वितरण गरेको छ । नेपालको पुर्वी जिल्ला झापा बाट सुरु भएको अभियानले शुक्रवार साहरा नेपाल साकोस सेवा केन्द्र गाईघाटको समन्वयमा र वडा कार्यलय १ जोगिदहको सहकार्यमा अति विपन्न घर परिवार तथा ज्यला मजदुरी परिवारमा राहत वितरण गरेको हो ।

विश्वनै कोरोना कोभिड १९को माहामरीले आका्रन्त बनिरहेको वेला लामो समयको लकडाउनले दैनिक ज्यला मजदुरी गरी जिविको पार्जन गर्ने परिवारमा भोकमरी सृजना भएको छ । वडाको सिफारिसमा वडा भित्र रहेको अति विपन्न २० जना घर परिवारमा राहत समाग्री वितरण गरिएको साहरा नेपाल साकोस सेवा केन्द्र गाईघाटका शाखा प्रमुख खगेन्द्र श्रेष्ठले बताउनुभयो ।

४० हजार वरावरको राहत प्याकेजमा प्रति ३र २५ केजि चामल,२ केजि दाल,१ लिटर तेल, २ केजि नुन,२ थान साबुन र एक वटा क्यालेन्डर उपलब्ध गराईएको थियो । आफनो वडामा रहेको दैनिक ज्यला मजदुरी गरेर खाने घर परिवारमा एकका लागी एक अभियानले खाध्य समाग्री उपल्व्ध गराएर वितरण गरिएकोको वडा अध्यक्ष मनोज कुमार चौधरीले धन्यवाद दिनुभयो । उहाले,वडा कार्यलय वाट पनी राहत कोष खडा गरेर विभिन्न चरणमा राहत प्याकेज वडा भित्रका अति विपन्न घर परिवारमा वितरण गरिरहेको पनी बताउनुभयो ।

हाल सम्म यस अभियान अन्तरगत १७ सय परिवारलाई राहत बितरण गरिसकिएको र अभियानकै क्रममा बाटोमा अलपत्र परेका १० हजार नागरिकलाई खाना खुवाईएको अभियानको अभियन्ता र सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकरी दिनुभयो । साथै १ हजार थान आरडिटी र भिटिएम किट जिल्ला प्रशासन कार्यालय झपालाई उपलब्ध गराईएको र हाल झपा लगाएत विभिन्न जिल्लाहरुमा कोरोना संत्रमित बढ्रदै गएकोले झा पा जिल्लामा पिसिआर ल्याब स्थापनाको लागी आवस्यक रु एक करोडको अभियानबाट १५ लाख छुट्रयाएर सुरुवात गरीएको बताउनुभयो ।

रहात वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधी,वडा अध्यक्ष मनोज कुमार चौधरी,सदस्य रत्न कुमारी राई,र अनुगमन अधिकृत महेश तामाङ्ग,सहारा नेपालका कर्मचारी,सुजन कुमार कार्की ,संजय चौधरी , ,दिलिप राजवंशी वडा प्रहरी चौकीका प्रतिनिधी खेम बहादुर खड्का लागएतको उपस्थितीमा वितरण गरिएको थियो । सहारा नेपाल साकोसको मुख्य सहयोगमा रहेको यस अभियानमा झापाका अन्य २२ वटा सामाजिक संघ संस्थाको सहकार्य रहेको छ ।