सामुदायिक रेडियो उदयपुर १२ औं वर्षमा प्रवेश

0
401

डिएन चौधरी ,उदयपुर । महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरद्धरा सञ्चालित सामुदायिक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज आज देखि ११ वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गरेको छ ।

महिलाहरुको सूचनामा पहँुच र सञ्चारको माध्यमबाट महिलाहरुलाई सशक्त बनाई सामाजिक परिवर्तन र विकासमा सहयोग पु¥याउने उद्देश्यले सुरु गरिएको रेडियो उदयपुर, प्रथम गणतन्त्र दिवसको अवसर पारेर २०६६ साल जेठ १६ गते विधिवत रुपमा सञ्चालन भएको हो । रेडियो उदयपुर महिलाहरुद्धारा संचालित नेपालको तेस्रो रेडियो हो ।

यस सामुदायिक रेडियो समुदायका महिलाहरुलाई सुचनामा पहुच पुर्याउने र महिला सहभागितामा जोड दिदै सुचनामा बिभेद हुनु हुदैन र नगरौ भन्दै नागरिकको सुचनाको हक अधिकारकारको निम्ती न्याययुक्त समाज निर्माण गर्दै अगाडी वढिरहेको रेडियोका स्टेस्न म्यानेजर बन्दना दनुवारले बताउनुभयो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा न ९ राजाबास, नबउदयटोलमा रहेको रेडियो अहिले दैनिक १७ घण्टा प्रशारणमा रहेको छ । प्रतेक वर्ष आफनो बार्षिक उत्सवको अवसरमा औपचारिक कार्यक्रम आयोजना गर्दै आइरहेको रेडियोले यो वर्ष कोभिड १९ को महामारीले गर्दा स्टुडियो वेस उत्सव तथा रेडियो कार्यक्रमहरु संचलान गर्दै छ । महिला अधिकारको विषयमा कविता प्रतियोगिताको समेत आयोजना गरेको छ ।

रेडियोको सुरवाती समय (सम्भारःरेडियो स्टेस्न म्यानेज बन्दना दनुवार वाट)
आजभन्दा ११ बर्ष अगाडी त्रियुगा नगरपालिका १६ राजाबास स्थित ,राजाबास आसपासका किशोरीहरु लाई महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालले संयोजन गर्दै अडियो टावरको सुरवात गरीयो जहाँ , ४ बटा माइकहरु राखेर वरपरका ४ पल्लो गाँउसम्म सुनिने गरी हाम्रो सुचनाहरु घन्किन्थे । कृषी,बाताबरण,महिला अधीकार, बाल अधिकार,बिभीन्न सुचनाहरु र समाचारहरु दैनिक साँझ ३ घण्टा प्रशारण हुने गथ्र्यो अन्तत यही प्रयास नै रेडियो उदयपुरको रुपमा परिबर्तन भयो ।

खास गरी संचारमा महिलाको सहभागीताले मात्रै संचारमाध्यममा महिलाको बिषयलाई सुनिश्चित गर्न सक्छ भन्ने ठम्याईबाट रेडियो को सुरवात भएको हो यसको श्रेय महिला मानबअधिकारकर्मि श्री डा.रेणु अधीकारीलाई जान्छ ।

 

 

 

सामुदायीक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्जले संचार मन्त्रालयको अनुमति अनुसार प्रथम गणतन्त्र दिबशको अबसर पारेर बि.स २०६६ साल जेष्ठ १६ गते बिधीबत रुपमा आफनो औपचारिक प्रशारण सुरु गरेको हो यो नेपालमा महिलाहरुद्धारा संचालित नेपालको तेस्रो रेडियो हो । १०० वाट क्षमता रहेको रेडियो उदयपुरको स्टेशन उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा न ९ राजाबास, नबउदयटोलमा रहेको छ । त्रियुगा नगरपालिका, र आसपासका गाबिसहरु संगै सिरहा र सप्तरीका केहि भुभागमा पनि सुनिन्छ ।

रेडियोको संस्थागत संरचना
रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज महिला शशक्तिकरण श्रोत केन्द्र उदयपुरको स्वामित्व र दायित्वमा संञ्चालित रेडियो हो ।संस्थाका कार्यसमितीका सदस्यको सभा नै रेडियो उदयपुरको सर्बोच्च निकाय हो ।

रेडिया उदयपुरको ११ औ बर्षसम्मको अनबरत यात्रामा रेडियोले समाजका बिभिन्न पक्षहरुलाई महिलामुखी दृष्टीकोणबाट खोतल्दै र बिश्लेषण गर्दै कार्यक्रमहरु निर्माण गरि प्रशारण गरिरहेको छ ।

रेडियो उदयपुरले महिला शशक्तिकरण ,हिंसा बिरुद्धको मा रेडियो कार्यक्रम, महिला तथा किशोरी अधिकार , बालअधिकार, शिक्षा, विकास निर्माण, महिला स्वास्थ्य, सरसफाई, खानेपानी, जलवायु परिवर्तन, शुसासन, कृषि, घरेलु उद्योग, आदिवासी जनजातीका भाषा, संस्कृति संरक्षण दलितका सवाले लगाएत सुचनामुलक र बिभीन्न मनेरनजनात्मक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरि सामाजिक परिवर्तन र विकासमा ससहयोग पु¥याई रहेको छ । त्यस्तै बाल बिबाह न्युनिकरणका लागी बाल बिबाह बिरुद्धको अभियान पनि संचालन गरिरहेको छ ।
अहिले रेडियो उदयपुर आफैले उत्पादन गरेको आफ्नै, नेपाली भाषाको समाचार र थारु समाचार गरि दैनिक ४ पटक समाचार प्रसारण गरिरहेको छ ।

कोरेना भाइरसको यस महामारीको अबसथमा पनि रेडियो उदयपुर निरन्तर समुदायमा सुचना पुर्याउन थप जिम्मेवार भएर लागेको छ खासगरी महामारीको डर तनाबबाट कसरी बचाउने परामर्श सहितको कायृक्रम हामी संगै छौ, कोरोना अपडेट स्थानिय सरकारको दायीत्व जिम्मेवारी र खबरदारी सहतिको कार्यक्रम चर्चापरिर्चा संगै अन्य थुप्रै सुचना सामाग्री प्रसरण गरिरहेका छौ ।

रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज प्रगतीशील सन्चार माध्यम हो.। हामी पुर्ण सामुदायीक छौ, हामी समुदायकै कुरा गछौ हाम्रो समग्र प्रशारणमा सामाजिक हित लुकेको छ । सामाजिक हित र न्यायको लागी बिभीन्न संघ सस्थाहरु अनी व्यक्तीहरुसंग सहकार्य गरि कार्यक्रमहरु उत्पादन र प्रशारण गर्दै आइरहेका छौ ।

रेडियो उदयपुरका यो अनबरत यात्रामा साथ दिनुहुने रेडियोको शुभचिन्तक,स्रोताहरु, बिज्ञापनदाता, बिभीन्न दातृनिकाय, हामीलाइ सधै साथ दिनुहुने रेडियो सचालन समिती, स्टेशन रहेको नबउदटोल र वरपरको समुदायप्रति हामी बिशेष आभार प्रकट गर्दर्छौ, जसले हामीलाइ सधै हौसला प्रेरण दिनुभयो,र सुरक्षित राखनुभयो विभीन्न समस्या र चुनौतीका वाबजुत पनि रेडीयोलाई ११ वर्षसम्म निरन्तरता दिन हामी सफल भएका छौ । हाम्रा उद्देश्यहरु प्राप्त गर्ने क्रममा छौ अझै पनि । बिश्वास छ, रेडियो उदयपुरलाई तपाइको पुर्ण सहयोग हुनेछ ।