Tuesday, July 21, 2026
Homeप्रमुख समाचारउदयपुरमा चट्याङ पर्दा ६ जना घाईते

उदयपुरमा चट्याङ पर्दा ६ जना घाईते

उदयपुर । उदयपुर जिल्लाको विभिन्न स्थानमा सोमबार राती हावा हुन्डरी सहित चट्याङ पर्दा ६ जना घाइते भएका छन । घाइते हुनेहरुमा जिल्लाको कटारी नगरपालिका वडा न. ११ बेतीनी बस्ने बर्ष ५५ को चन्द्र बहादुर आले मगर उनकै श्रीमती बर्ष ४८ की मन कुमारी मगर, आमा बर्ष ७० की मनमाया मगर , सोही ठाउँका रेम बहादुर बलम्पाकी मगरको छोरा बर्ष १६ को सुमन मगर घाइते भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । हाल उनीहरुको अबस्था सामान्य रहेको बताइएको छ ।

यस्तै कटारी नगरपालिका ६ रिस्कु बस्ने मेनुका राईको छोरा बर्ष १२ को अस्मान राईको छातीमा सामान्य चोट लागेको जनाइएको छ । यस्तै त्रियुगा नगरपालिका ५ दमौटिका २७ बर्षिय सुस्मा मगर पनी चट्याङ लागि घाईते भएको जनाइएको छ । उनलाइ थप उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख वीर बहादुर बुढा मगरले जानकारी दिनुभयो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular