उदयपुर, २०८३ भदौ १८ गते।  उदयपुरको गाइघाटमा बाल संवेदनशीलता तथा डिजिटल रिपोर्टिङ सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । बालबालिकाको अधिकार सम्बन्धी समाचार सम्प्रेशन गर्दा पत्रकारले ख्याल गर्नु पर्ने आचरसंहिता लगायतका विषयमा दुई दिने क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको हो । तालिममा नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भक्तिविलाश पोख्रेलले महिला तथा बालबालिका सम्बन्धी लेखिने समाचारमा आचरसंहितामा बढी ख्याल गर्नुपर्ने बताउनु भयो । वोल्ड भिजन इन्टरनेशनल नेपालका अध्यक्ष शंकर थापाले बालबालिकाको हकमा स्थापित संस्थाले पत्रकारहरुको क्षमता अभिवृद्धि हुने अपेक्षाले तालिमको आयोजना गरेको बताउनु भयो । तालिममा बालबालिकाको बाँच्न पाउने अधिकार, न्यायिक अधिकार, शैक्षिक अधिकार र स्वास्थ अधिकारको बारेमा कसरी रिपोर्टिङ गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण भएको सहभागिहरुले बताएकाछन् ।  जिल्लाभर वोल्डभिजनले १८ वटा वडाहरुमा कामहरु गरिरहेको छ । समापन कार्यक्रममा सहभागिहरुको तर्पmबाट अन्जनीकुमार अधिकारी र यमुना मगरले पनि बोलेका थिए ।हुरेन्डेक उदयपुरको आयोजना र वोल्ड भिजनको आर्थिक सहयोगमा सञ्चालित तालिमको प्रशिक्षणमा वरिष्ठ पत्रकारद्वय कौशल चेम्जोङ र यज्ञप्रसाद शर्मा रहेका थिए । तालिममा बेलका, चौदण्डीगढी, त्रियुगा, कटारी नगरपालिका र रौतमाई गाउँपालिकाकागरी २० जना क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।