उदयपुर । त्रियुगानगरपालिकाका नागरिकले विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.बाट विभिन्न स्वास्थ्य सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यसकालागि न्यूरो कार्डियो हस्पिटल र त्रियुगानगरपालिका बीच स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने सम्बन्धमा दुई वर्षका लागि सम्झौताभएको छ।
सम्झौताअनुसार त्रियुगानगरपालिकाका सबै बासिन्दालाई हस्पिटलमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गरिनेछ। सम्झौतामा हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेश भट्टराई र त्रियुगानगरपालिकाका तर्फबाट नगरप्रमुख बसन्तकुमार बस्नेतले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्याथोलोजी, रेडियोलोजी तथा अन्य विभिन्न जाँचमा २५ प्रतिशत छुट उपलब्ध हुनेछ। त्यसैगरी सामान्य बेड चार्जमा १० प्रतिशत, एम आरआई, सीटी स्क्यान तथा एन्जियोग्राफीमा ५ प्रतिशत, शल्यक्रियामा ५ प्रतिशत तथा आईसीयू र भेन्टिलेटर सेवामा ५ प्रतिशत छुट प्रदान गरिने उल्लेख छ।
सम्झौतामा हस्पिटलले यसअघि नै विभिन्न जाँचमा दिँदै आएको ५० प्रतिशत सम्मको छुट यथावत रहने उल्लेख गरिएको छ। तर यस्तो छुट सामाजिक सुरक्षाकोष, विपन्ननागरिक स्वास्थ्य सुविधा, बीमातथा तेस्रो पक्षभुक्तानीमा भने लागू नहुने स्पष्ट पारिएको छ।
नगरपालिकाका नागरिकलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले गरिएको सम्झौताले आर्थिक रूपमा कमजोर तथा सामान्य आय भएका नागरिक लाई समेत विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी विराटनगरमा उपचारकालागि जाने त्रियुगा नगरवासीले सम्झौतामा तोकिएका सेवामा छुट प्राप्तगर्न सक्नेछन्।
सम्झौताले छुट सुविधामा मात्र सीमितनभई हस्पिटलको सामाजिक उत्तरदायित्वलाई समेत जोडेको छ। त्रियुगा नगरपालिकाको अनुरोधमा न्यूरो कार्डियो हस्पिटलले वर्षमा कम्तीमा एकपटक निःशुल्क स्वास्थ्यशिविर आयोजना गर्ने व्यवस्थागरिएको छ।
नगरपालिकाका विभिन्न वडा तथा समुदायमा स्वास्थ्य शिविर सञ्चालन हुँदा स्थानीय नागरिकले आफ्नै क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श प्राप्तगर्ने अवसर पाउनेछन्। यसले नियमित स्वास्थ्य परीक्षणको पहुँचबाट टाढा रहेका नागरिकलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।
सम्झौता अनुसार त्रियुगा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीका लागि उल्लेखित छुट सुविधामा थप ५ प्रतिशत छुट उपलब्धहुने व्यवस्था गरिएको छ। यसबाट नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले अन्य नगरवासीलाई उपलब्ध छुटभन्दा थप सहुलियतमा हस्पिटलका तोकिएका स्वास्थ्य सेवालिन सक्नेछन्। यसरी हेर्दा सम्झौता अनुसार नगरवासीका लागि तोकिएको छुटसँगै जनप्रतिनिधि र कर्मचारीका लागिथप सहुलियतको व्यवस्थागरिएको छ।
सम्झौतामा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका लागि समेत सहकार्य गर्ने व्यवस्था गरिएको छ। न्यूरो कार्डियो हस्पिटलले तयार गर्ने स्वास्थ्य तथा जनचेतना मूलक सन्देशलाई त्रियुगा नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्र भित्र प्रचार–प्रसार गर्न सहयोग गर्ने तथा त्यस्ता विज्ञापनमा विज्ञापन कर छुट गर्ने सहमति भएको छ।
स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले हस्पिटलले तयार गर्ने सन्देशलाई स्थानीयस्तरमा प्रभावकारी रूपमा पु¥याउन नगरपालिकाले सहजीकरण गर्नेछ। यसबाट नसर्ने रोग, मुटु, मस्तिष्क, आकस्मिक स्वास्थ्य समस्या तथा अन्य स्वास्थ्य विषयमा नागरिकलाई सचेत गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र त्रियुगानगरपालिका बीच भएको उक्त सम्झौताको अवधि दुई वर्ष रहनेछ। सम्झौताले नगरपालिका भित्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै निजी स्वास्थ्य संस्थासँग स्थानीय सरकारको सहकार्यलाई समेत अघि बढाएको छ।
यसअघि पनि न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले विभिन्न संस्थातथा स्थानीयतहसँग स्वास्थ्य सेवामा सहुलियत र सामाजिक स्वास्थ्य कार्यक्रमका लागि सहकार्य गर्दै आएको देखिन्छ।
त्रियुगा नगरपालिका र हस्पिटल बीच भएको यो सहकार्य कार्यान्वयनमा आएपछि नगरवासीले विराटनगरमा उपचारका क्रममा सम्झौतामा उल्लेख गरिएका सेवामा सहुलियत पाउनेछन् भने वर्षमाकम्तीमा एकपटक नगर क्षेत्रमै निःशुल्क स्वास्थ्यशिविर सञ्चालनहुने भएकाले स्थानीय स्वास्थ्य सेवामा थप पहुँचपुग्ने विश्वास गरिएको छ।






