Monday, July 27, 2026
Homeप्रमुख समाचारकोरोनाको कारण एक्कै घरका दुई दाजु भाईको मृत्यु

कोरोनाको कारण एक्कै घरका दुई दाजु भाईको मृत्यु

          जेठ १८ गते, उदयपुर

कोरोनाले उदयपुरमा एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । रौतामाई गाउपालीका वडानम्बर ७ मुर्कुचीमा एकै परिवारका २ दाजुभाईको कोरोनाको कारण मृत्यु भएको हो । मुल घर मुर्कुची भए पनि त्रियुगा नगरपालिका ११ गाईघाट बस्दै आएका साईला भाईको जेठ १५ गते उपचारको क्रममा विराट नसिंङ्गहोममा मृत्यु भएको थियो । जेठा दाजुको आज नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । नोवेल अस्पतालमा आईसियुमा राखेर उपचार गर्ने क्रममा जेठा भाईको मृत्यु भएको हो ।

केहिदिन अभि एक्कै घरका ३ जना दाजुभाईलाई कोरोना पोजेटिभ देखिएको थियो । कान्छा भाई सन्तोष मश्राङ्गी मगर कोभिड आईसुलेशन गाईघाटबाट निको भएर घर फर्किसकेका छन् । जेठा र साईलाको स्वास प्रस्वासमा समस्या भएपछि थप उपचारको लागि विराटनगर रेफर गरिएको थियो ।

साईला भाई नेपाल आदिवासी जनजाती महासंघ रौतमाई गाउपालीका समन्वय परिषदका अध्यक्ष तथा आप्रबासि कामदार हकहित संरक्षण समिती, उदयपुरका अध्यक्ष हुन् । साईला भाईको मृत्युले रौतामाई गाउपालीकाको मगर समुदायममा ठुलो क्षति पुगेको नेपाल मगर संघ जिल्ला समन्वय परिषदका अध्यक्ष भक्त मगरले बताउनु भयो । गाईघाट ११ स्थित आफ्नै घरमा बस्दै आएका साईला भाईको श्रीमती, एक छोरा र २ छोरी छन् भने मुर्कुची बस्दै आएका जेठाको १ भाई ३ बहिनी छोरी र श्रीमती छन् ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular