उदयपुर २०८३ असोज २४ । त्रियुगा नगरपालिका–७ स्थित अस्थायी प्रहरी चौकी चुहाडेको आयोजनामा बडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा चाडपर्व लक्षित शान्ति–सुरक्षासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।
चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित वातावरणमा मनाउने उद्देश्यले आयोजित कार्यक्रममा सरोकारवालाहरूबीच दसैँको समयमा शान्ति–सुरक्षा कायम राख्ने, सम्भावित आपराधिक गतिविधि तथा अप्रिय घटनाहरूको रोकथाम गर्ने र सामाजिक सद्भाव तथा आपसी भाइचारा अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।
साथै, नागरिकको सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी र स्थानीय समुदायबीच समन्वय, सहकार्य तथा सूचना आदानप्रदानलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको छ। कार्यक्रमको अवसरमा अस्थायी प्रहरी चौकी चरहाडेले सम्पूर्ण नगरवासी तथा देशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै बडादसैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।






