उदयपुर २०८३ असोज १६। जितिया पर्वको अवसरमा त्रियुगा नगरपालिकाले नगर क्षेत्रभित्र एक दिन स्थानीय बिदा दिने निर्णय गरेको छ। त्रियुगा नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै असोज १९ गते सोमबार नगरपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालय तथा स्वास्थ्य संस्था÷कार्यालयहरूमा स्थानीय बिदा दिने जनाएको हो।
नगरपालिकाले जितिया पर्वको अवसरमा असोज १६ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ। यसैगरी, नगरपालिकाभित्र सञ्चालित सामुदायिक एवं संस्थागत शैक्षिक संस्थाहरूमा समेत उक्त दिन बिदा रहने सूचनामा उल्लेख गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी दत्त पनेरद्वारा जारी सूचनामार्फत बिदासम्बन्धी जानकारी सार्वजनिक गरिएको हो।






