Tuesday, July 7, 2026
Google search engine
Homeप्रमुख समाचारएसईई पूरक परीक्षामा ६८.६४ प्रतिशत उत्तीर्ण

एसईई पूरक परीक्षामा ६८.६४ प्रतिशत उत्तीर्ण

१ लाख २१ हजार ९१४ जना परीक्षार्थीमध्ये ८३ हजार २२३ जना उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार पूरक परीक्षाबाट ६८.४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पूरक परीक्षाका लागि आवेदन दिएका १ लाख ५६ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २१ हजार ९१४ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये ८३ हजार २२३ जना उत्तीर्ण भएका छन् । नियमित एसईई परीक्षामा ४ लाख ३० हजार ६५७ जना सहभागी भएका थिए । जसमा एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बोर्डले नतिजामा चित्त नबुझे पुनर्योग र पुनः परीक्षणको व्यवस्थासमेत रहेको बताएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular