रेडियो उदयपुर, २०८२ असोज ५ गते, आईतबार । माटो खन्ने क्रममा ढिस्कोले पुरीएर एक जना महिलाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ चाँप बगरटोल बस्ने शंकर राईका श्रीमती २४ वर्षीया रमिला राईको माटो खन्ने क्रममा ढिस्कोले पुरीएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार आईतबार बिहान करिब ११ बजे घर लिप्नको लागि गेरुवाई खोलामा माटो खन्न गएकी राईलाई अचानक माटोको ढिस्को खसेर पुर्दा घटनास्थलमै ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।