माटो खन्ने क्रममा ढिस्कोले पुरीएर एक महिलाको मृत्यु

0
156

रेडियो उदयपुर, २०८२ असोज ५ गते, आईतबार । माटो खन्ने क्रममा ढिस्कोले पुरीएर एक जना महिलाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ चाँप बगरटोल बस्ने २४ वर्षीया रमिला राईको माटो खन्ने क्रममा ढिस्कोले पुरीएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार आईतबार बिहान करिब ११ बजे घर लिप्नको लागि गेरुवाई खोलामा माटो खन्न गएकी राईलाई अचानक माटोको ढिस्को खसेर पुर्दा घटनास्थलमै ज्यान गएको हो । मृतक राई शंकर राईकी श्रीमती हुन् । घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।