Tuesday, July 21, 2026
HomeखेलकुदWERC को १८ औँ स्थापना दिवसको अवसरमा पहिलो महिला ब्याडमिन्टन प्रतियोगिता...

WERC को १८ औँ स्थापना दिवसको अवसरमा पहिलो महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

उदयपुर ।  महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको १८औं स्थापना दिवसको अबसरमा उदयपुरमा जिल्ला स्तरीय प्रथम महिला (डबल) ब्याडमिन्टन प्रतियोगिता २०८१ सम्पन्न भएको छ । संस्थाले आफनो १८ औँ स्थापना दिवसको अवसरमा जिल्लाको इतिहासमा पहिलो पल्ट जिल्ला स्तरीय महिला व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।

सोमबार महिला सशक्तिकरण स्रोत केन्द्रको आयोजना र जिल्ला ब्याडमिन्टन संघ उदयपुरको सहकार्यमा बोक्से स्थित कबड हलमा एक दिने प्रतियोगिता संचालन गरिएको हो ।

महिला सशत्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले जिल्लामा महिलाहरुलाई खेलकुदद्धारा सशक्तिकरण तथा प्रोत्साहन गर्ने उदेश्यले जिल्लामै पहिलो जिल्ला स्तरीय महिला व्याडमिन्टनको प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।

प्रतियोगितामा नितिशा रैका मगर र शिला राईको जोडि प्रथम , सुस्मिता खत्रि र समृद्धी राई को जोडि दोस्रो त्यसैगरि नानु राई र पुर्णिमा राईको जोडि र राम कुमारी राई र यसोदा राईको दुई जोडि तेस्रो भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु.१० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने दोस्रोले नगद रु. ८ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र तेस्रो हुने दुई जोडिले नगद रु. ५,५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । विजयीहरुलाई सोमबार साँझ रत्ना रिसोर्टमा आयोजित बार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहमा विजयी युवा महिला खेलाडीलाई कोशी प्रदेश उपसभामुख सृजना दनुवारले नगद, मेडल र शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नु भएको छ ।

कार्यक्रममा बेलका नगरपालिकाका पूर्व मेयर दुर्गाकुमार थापा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, पत्रकार महासंघ उदयपुरका सचिव तुलसी कोईराला, गैसस महासंघका अध्यक्ष सृजना पौडेल, मानव अधिकार एलाईन्सका अध्यक्ष माधव पराजुली, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष कालीदाश राई लगाएतको उपस्थिती रहेको थियो ।

 

जिल्ला व्याडमिन्टन संघको समन्वय तथा प्राविधिक सहयोगमा संचालित प्रतियोगितामा १६ टिमका ३२ खेलाडीहरुको सहभागिता रहेको थियो ।

यस्तै यस संस्थाले समुदाय तह देखी महिलाको अनुभवमा केन्द्रित सूचना प्रवाह गर्दै सामाजिक रुपान्तरणका लागि काम गरिरहेको छ ।

महिलाका ज्ञान, सीप र अनुभवहरु महिला कै अगुवाईमा समुदायमा पुर्याउने यसका लागि युवा पुस्ताको क्षमता अभिबृद्धि गर्दै अन्तरपुस्ता नेतृत्व विकास समेत गर्ने उद्देश्यका साथ समुदाय देखि नै महिलाको सूचनामा पहुँच बृद्धि गर्न यस संस्थाले युवाहरुको नेतृत्व एवं व्यव्स्थापनमा सामुदायिक रेडियो (रेडियो उदयपुर १०२.४) को स्थापना गरि सञ्चालन समेत गरिरहेको छ ।

सामुदायीक रेडियोले समुदायका युवा महिलाहरुले नेतृत्व, व्यव्स्थापन तथा संचालन गरेको महिलाबादी रेडियोको रुपमा पहिचान स्थापीत गरेको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular