सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृती दिवसको अवसरमा ह्ईल चियर बितरण

0
75

उदयपुर । नेपाल निजामती कर्मचारी संगठनद्धरा जिल्ला अस्पताल उदयपुरलाई  ह्ईल चियर बितरण गरेको छ । मंगलबार सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृती दिवस २०८१ को अवसरमा जिल्ला अस्पताल उदयपुरको जेष्ठ नागरिक कक्षमा ह्ईिल चियर वितरण गरेको हो ।

अस्पताल परिसरमा सेवा लिन आउने सेवाग्राही अशक्त,बृद्ध र जेष्ठ नागरिकहरुको सहजताको लागि ३ वटा ह्ईिल चियर वितरण गरेको नेपाल निजामती कर्मचारी संगठन उदयपुरका अध्यक्ष पुण्य प्रसाद पौडेलले बताउनुभयो ।

रक्तदान,बृक्षारोपण, हाजिरी जवाफ,बक्तृत्वकाला लगाएत विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको संगठनले मंगलवार अस्पतालमा आउने जेष्ठ नागरिक र असक्क्तहरुको साहयताको लागि जिल्ला अस्पताल उदयपुरका मे.सु डा.ज्ञानेन्द्र कुमार झालाई हस्तान्तरण गरिएको हो । ३५ हजार बरावारको ह्ईिल चियर बितरण गरिएको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य महेश फुयालले जिल्ला शाखा उदयपुर कोशि प्रदेशमै उत्कृष्ट शाखाको रुपमा घोषित भएको अवसरमा बधाई समेत दिनुभयो । उदहारण योग्य कार्यहरु संगठनले गर्दै आइरहेको प्रति उहाँले प्रसंसा समेत गर्नुभयो ।

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले निजामती कर्मचारी भनेको सरकारको अंग भएकोले जनतालाई सहजरुपमा सेवा उप्लव्ध गराउन निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीहरुको समस्याहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अनुरोध गर्नुभयो ।

नेपाल निजामती कर्मचारी संगठनका सदस्यहरुको उपस्थिीतीमा कार्यक्रम सम्पन्न भएको थियो ।