Thursday, July 16, 2026
Homeप्रमुख समाचारइन्सेक उदयपुरको अर्ध–वार्षिक समिक्षा सम्पन्न 

इन्सेक उदयपुरको अर्ध–वार्षिक समिक्षा सम्पन्न 

उदयपुुर । मानव अधिकारको क्षेत्रमा कार्यरत गैरसहकारी सस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरको अर्ध–वार्षिक समिक्षा कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पुर्व अर्ध–वार्षिक समिक्षा र जिल्लाका सरोकारवला निकाय ,समाजिक संघ सस्थाहरु संग छलफल गरिएको छ ।

इन्सेक उदयपुर प्रतिनिधी राकेश नेपालीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार बालिका बलात्कार २३,महिला बलात्कार तथा प्रयास ९,घरेलु हिसां २२५,हत्या तथा हत्या प्रयास ४,कुटपिट ३,वहुविवाह ३ ,वालविवाह २,महिला,वालिका वेचविखन÷प्रयास ३ र झडप १ वटा गरी जम्मा २७३ वटा घटनाहरु दर्ता अधिलेख भएको जनाएको छ ।

यस्तै सहभागीहरुले जिल्लामा वालविवाह,वहुविवाह,घरेलु हिसां लगाएतको घटनाहरु वढदो रहेको तर तथ्यांकमा अभिलेख नभएको बताएका छन् । उनीहरुले सवै समाजिक संघ सस्था,स्थानिय निकाय संग समेत स्रोत संकलन गर्नुपर्ने सुझाव दिएका छन् । यस्तै उनीहरुलले घटनाको अभिलेख संकलन मात्र भइरहेकोले घटनाहरु न्युनिकरण गर्न सवै समाजिक संघ सस्थाहरु एकजुट हुनु पर्ने बताएका छन् ।

गैसस माहासंघ उदयपुरका अध्यक्ष सृजना पौडेलको अधयक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले,जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपी हरिन्नद चौधरी,महिला मानव अधिकार रक्षक संजाल उदयपुरका अध्यक्ष माया भण्डारी लगाएत विभिन्न समाजिक संघ सस्थाका प्रतिनिधी,पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम त्रियुगा नगरपालिका ११ गाईघाटमा रहेको संगम सामुदायिक पुस्तकालयको भवनमा सम्पन्न भएको थियो ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular