स्व.डा मनोज चौधरी स्मृति गोल्डकपको उपाधी राजावास देउरीले चुम्यो 

0
266

डिएन चौधरी,उदयपुर । स्व.डा मनोज चौधरी स्मृति गोल्डकपको उपाधी राजावास देउरी समुहले हात पारेको छ ।मंगलवार भएको फाइनल खेलमा बुद्ध एकता क्लव रामपुरलाई ट्राईवेकरमा पछी पार्दै आफनो जित सुनिश्चत गरेको थियो । खेल अवधीभर दुवै समुहको तर्फवाट बरावरी २ गोल भएको थियो ।

बुद्ध एकता क्लवका जर्सी नम्वर ९ हरी खवासले १ गोल गरेका थिए भने सोहि समुहवाट जर्सी नम्वर ७ अविषेक मगरले थप १ गोल गरेका थिए । यस्तै राजावास देउरीको तर्फवाट जर्सी नम्वर ११ का प्रविन राईले १ गोल र जर्सी नम्वर ७ का हेम दनुवारले १ गोल गरी खेल अवधीभर दुवै समुह वाट वरावार प्रतिस्पर्धा भएको थियो ।खेल बरावार भएपछी अन्तयमा ट्राईवेकरमा परिणत भएको थिए ।

यस्तै खेल जिते संगै बिजेताले नगद ५० हजार १ रुपैया ,ट्रफी साथै मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप विजेताले नगद ३० हजार १ रुपैयामा चित्त बुझाउनु परेको छ ।

प्रथम पुरस्कार स्व.डा मनोज चौधरीको ममतामय आमा श्री शान्ती कुमारी चौधरीले वितरण गर्नुभएको थियो भने उप विजेतालाई जिल्ला खेलकुद विकास समिती उदयपुरका अध्यक्ष पर्वत दाहालले प्रदान गर्नुभएको थियो ।

यस्तै खेलमा सर्व उत्कृष्ट खेलाडीको उपाधी राजावास देउरीको तर्फवाट सुर्या चौधरीले हात पार्न सफल भएको थियो भने सर्वाधिक गोलकर्ताको उपाधी बुद्ध एकता क्लव रामपुरका हरी खवासले पाएका थिए । उनले जम्मा सम्पुर्ण खेलमा ४ गोल गरेका थिए ।यस्तै उत्कृष्ट गोलकिपरको उपाधी राजावास देउरीका प्रज्वल शेर्पाले प्राप्त गरेका थिए ।

स्व.डा मनोज चौधरी स्मृति गोल्डकप समितीद्धरा २०७८ चैत २६ गते देखी संचालन खेलमा उदयपुर,सिरहा र सप्तरी गरी जम्मा ८ वटा टिम सहभागी भएका थिए । खेल उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८मा रहेको उत्तरवारीटोल देउरीको खेलमैदानमा संचालन भएको थियो ।

थप समाचार

स्व.डा मनोज चौधरी स्मृति गोल्डकपको उद्धघाटन खेलमा जे.वाई.सी गोलवजारको जित