स्व.डा मनोज चौधरी स्मृति गोल्डकपको उद्धघाटन खेलमा जे.वाई.सी गोलवजारको जित

0
200

उदयपुर । स्व.डा मनोज चौधरी स्मृति गोल्डकपको उद्धघाटन खेलमा जे.वाई.सी गोलवजार सिरहाको जित भएको छ । मलिथम एफ.सी उदयपुर लाई ट्राईवेकरमा १ गोलले जे.वाई.सीले जित हासिल गरेको हो ।

खेल अविधीभर मलिथम एफ.सीले राम्रो खेल प्रर्दशन गरे पनी कुनै समुह वाट गोल हुन सकेको थिएन । अन्तिममा खेल ट्राईवेकरमा परिणत भएको थियो ।

आइतवार खेलको उद्धघाटन त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले गर्नुभएको थियो । उहाँले खेलको उद्धघाटन गर्दै प्रतेक वर्ष नियमित खेल संचालनको लागी १५ लाख ५ हजार ५ सय ५ रुपैया वरावरको अक्षय कोष स्थापना गर्न सहयोग गर्ने बताउनुभयो । यस्तै कार्यक्रमको विशिष्ट अतिथी त्रियुगा नगरपालिकाका उप प्रमुख देवि कुमारी चौधरीले खेलाडीहरुलाई जितको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा पत्रकार सेनानी कौशल चेम्जोङ,त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष कमल कुमार राउत,वडा ९ का अध्यक्ष धन वहादुर दनुवार,वडा नम्वर १३ का अध्यक्ष पशुपती चौधरी,वडा सदस्य कमला कटुवाल,गुणराज दनुवार,मिरा विश्वकर्मा लगाएतको उपस्थित रेहेको थियो ।

मनोज स्मृति गोल्डकप समिती त्रियुगा नगरपालिका वडा नम्वर ८ र९द्धरा आयोजित खेलको विजेताले नगद ५० हजार एक रुपैया सहित ट्रफी हात पर्ने छ भने उप विजेताले नगद ३० हजार प्राप्त गर्ने अयोजक समिती सचिव कृष्ण देव चौधरीले बताए ।

२०७९ वैशाख ५ गते सम्म संचालन हुने खेलमा सिरहा,सप्तरी र उदयपुर गरी जम्मा ८ वटा टिम सहभागी भएका छन् । भोली सोमवार इलेभेन स्टार क्लव वोक्से र सुरुङ्गा नगरपालिका १ सिसुवारी,सप्तरी विच खेल हुने आयोजकले जनाएको छ ।