थारु भाषाको गित मोर पियारीको म्युजिक भिडियो सार्वजनिक

0
384

उदयपुर । मोर पियारी बोलको थारु भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चर्चित गायिका अनु चौधरी र दिपक आरजे को स्वरमा सजिएको उक्त गितको शब्द दिपक पछलदङगियाको रहेको छ भने संगित दिपक आरजे ले भरेको छ ।
ढाका टोपी फिल्मसको प्रस्तुती रहेको म्युजिक भिडियोलाई नरेश विर सिहंले कोरियोग्राफी गरेका छन् भने भिडियोमा चर्चित मोडल गरिमा शर्मा र भानु प्रताप चौधरीको अभिनय हेर्न सकिन्छ ।यस्तै भिडियोलाई संजय लामाले खिचेका छन् । सोमवार देवदत्त क्रियसन युटुव च्यानलवाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।