Tuesday, July 7, 2026
Google search engine
Homeखेलकुदश्री ठाकुरजी मा.वि २३ औँ रनिङ्ग शिल्ड सप्तरीको उपाधि मलिथम एफ.सी उदयपुले...

श्री ठाकुरजी मा.वि २३ औँ रनिङ्ग शिल्ड सप्तरीको उपाधि मलिथम एफ.सी उदयपुले चुम्यो 

डिएन चौधरी, उदयपुर । श्री ठाकुरजी मा.वि २३ औँ रनिङ्ग शिल्ड फुटवल प्रतियोगिताको उपाधि मलिथम फुटवल क्लव उदयपुले चुमेको छ । विहिवार भएको फाइनल खेलमा जनडोल एफ.सी सप्तरीलाई ३–१ गोलान्तरको नतिजा दिदै मलिथमले उपाधी चुम्न सफल भएको हो ।

२३ औँ रनिङ्ग शिल्डको उपाधि जिते संगै विजेताले नगद ३५ हजार सहित शिल्ड,मेडल र प्रामण पत्र प्राप्त गरेको छ भने उप विजेताले नगद २५ हजारमा चित्त बुझाउनु परेको छ ।

श्री तपेश्वरी बाबा नव युवा क्लव जण्ठौल,सप्तरीको अयोजना रेहको खेल कार्तिक १ गते शुरु भएको थियो । तपेश्वरी हटिया जण्डौल खेल मैदानमा संचालित खेलमा सिरहा,सप्तरी र उदयपुर गरी जम्मा ८ वटा टिम सहभागी रहेका थिए ।
यस्तै मलिथम थारु सेवा समाज उदयपुरको अयोजनामा जारी प्रथम उदयपुर मलिथम फुटवल च्यामपियनशिप २०२१ फाइनल खेल कार्तिक १३ गते शनिवार हुने भएको छ ।

कार्तिक २ गते तय गरिएको फाइनल खेल प्रतिकुल मौसमको प्रभावले निरन्तर हावाहरुसंगै बर्षाका कारण तत्कालका लागी स्थगन गर्नुपरेको थियो । थारु समुदायका युवाहरुलाई लक्षित गरी आयोजना गरिएको च्यामपियनशिपको फाइनलमा जेवाइसी जोगीदह र हडिया एफ.सी क्लव विच खेल हुदै छ । यस खेलको विजेताले नगद २५ हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप विजेताले नगख १५ हजार प्राप्त गर्ने मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष सजय चौधरीले बताए ।

समापन खेल कार्तिक १३ गते शनिवार १ः३० वजे वाट श्री जनता बेलका मा.वी वेलका नगरपालिका १ पुरन्दहाको खेल मैदानमा हुने अयोजकले जनाएको छ।

 

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular