Tuesday, July 7, 2026
Google search engine
Homeखेलकुदमलिथम फुटवल क्लव उदयपुर फाइनलको यात्रामा

मलिथम फुटवल क्लव उदयपुर फाइनलको यात्रामा

डिएन चौधरी, उदयपुर । मलिथम फुटवल क्लव उदयपुर फाइनमा पुगेको छ । मलिथम फुटवल क्लव उदयपुरले स्र्पोट एकेडेमी कुशहा,सप्तरीलाई ४–२ गोलान्तरको नतिजा दिदै फाइनलको यात्रा तय गरेको हो ।

श्री तपेश्वरी बाबा नव युवा क्लब बकधुवा, जण्डौल सप्तरीद्धरा आयोजित श्री ठाकुरजी मा.वि २३ औँ रनिङ्ग शिल्ड फुटवल प्रतियोगिको फाइनलमा पुगेको हो ।

कार्तिक ७ गते श्री तप्पेश्वरी युवा क्लव सप्तरी र वानो पुटवल क्लव सिरहा विच सेमिफाइनलको खेल हुदै छ। यी दुई मध्ये जुन समुह फाइनलको यात्र तय गर्नेछ ।त्यही समुह संग कार्तिक ११ गते मलिथम फुटवल क्लव उदयपुर विच फाइनल खेल हुने अयोजकले जनाएको छ ।

तपेश्वरी हटिया जण्डौल सप्तरीको खेल मैदानमा जारी प्रतियोगिताको विजेताले नगद ३५ हजार प्राप्त गर्ने छ भने उप विजेताले नगद २५ हजार प्राप्त गर्नेछ ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular