मागी विवाहलाई रोक्न सके पनी भागी विवाहलाई रोक्न सकिएन्  

0
272

डिएन चौधरी, भुट्टार,उदयपुर । बाल विबाह न्युनिकरणको अभियानमा मागी विवाहलाई रोक्न सके पनी भागी विवाह लाई भने रोक्न नसकिएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

महिला शसक्तिकरण श्रोत केन्द्रद्धरा संचालित सामुदायिक रेडियो उदयपुरले शनिवार रौतामाई गाउँपालिकाको कार्यलय भुट्टारमा उमेर नपुगी गरिने बिबाह न्यूनीकरणमा स्थानिय सरकारको अभ्यास बिषयक छलफलमा सहभागीहरुले यस्तो बताएका हुन ।

पालिकाको सवै वडामा वाल विवाह नहुने भए पनी अधिकांस वडाहरुमा वाल विवाह न्युनिकरणको विषय जटिल र चुनौती पुर्ण रहेको उनीहरुले बताए । विभिन्न संघ संस्थाहरुको सहकार्यमा सेतनामुलक अभिायनहरु संचालन भइरहे पनी पुर्ण न्युनिकरण हुन नकेको बताएका छन् ।

तथ्याङक संकलन गर्ने क्रममा अफनो वडामा ७० प्रतिशत भन्दा वढी वाल विवाह भएको वडा नम्वर ४ का अध्यक्ष चन्द्र बहादुर मगरले बताउनुभयो । अहिले समाजिक संजालले गर्दा पनी वालवालिकाहरु माया प्रेममा पररेर भागी विवाह गर्छ र पछी अभिभावकले नै बोलाएर भोज भतेर गर्ने चलन रहेको बताउनुभयो ।
छलफलको क्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत खम्वराज राईले उमेर नपुगी गरिने विवाहमा शारिरिक,मानसिक,संवेगात्मक र आर्थिक तवरले सक्षम नहुने हुदा वालविवाहलाई पुर्ण रुपमा न्युनिकरण गर्नु पर्ने बताउनुभयो ।

स्थानिय सरकारले राष्ट्रिय कार्यक्रम अन्तर्गत बालमैत्री शासन प्रणाली लागु गरेकोले रौतामाई गाउँपालिमा पनी यो अभियानलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

त्यस्तै छलफलमा गाउपालिका उपाध्यक्ष कुमारी ज्यु ठकुरीले रण्नैतिक योजना बनाई शिक्षको क्षेत्रमा जोड दिनुपर्ने बताउनु भयो ।

गाउपालिका अध्यक्ष गजेन्द्र खड्काले विभिन्न संघ संस्थाहरुको सहकार्यमा यो न्युनिकरणको अभियानलाई लिएर गाउँ वस्तीमा सचेतनामुलक कार्यक्रमहरु संचाललन गर्ने बताउनुभयो । कानुनमा पनी उमेर नपुगी विवाह गर्दा अपराध हुने भएकोले यस्तो अपराध नर्गनलाई सवैलाई अनुरोध समेत गर्नुभयो ।

कार्यक्रमका सहभागीहरुले पालिका,वडा कार्यलय,संघसंस्थासंग सहकार्य गरेर एक जुट भएर गाउँटोलमा सचेतनामुलक कार्यक्रम र विद्यालय स्तरमा यो विषयमा शिक्षामा जोड दिनुपर्ने निश्कर्ष निकालेका छन् ।

कार्यक्रममा पालिकाका अध्यक्ष,उपाअध्यक्ष,कार्यपालिका सदस्यहरु,वडा अध्यक्ष,पालिका कर्मचारी,प्रहरी र संचारर्कमी लगाएतको उपस्थित रहेको थियो ।