उदयपुरम संबिधान दिवस रोचक ढंगले मनाईने

0
611

यसपटकको संबिधान विगतभन्दा फरक ढंगले सञ्चालन गरिने भएको छ । सरकारले संबिधान दिवस मनाउन कर्मचारी विदा दिएपनि दिवस नै नमनाई आफुखुशी हिड्ने, मनोरञ्जनकोरुपमा लिने गरेको पाईएपछि यसपटक दिवसमा कर्मचारीलाई अनिवार्य गरिएको हो ।
विबिध कार्यक्रममासाथ गरिने कार्यक्रममा जिल्लाका सबै कर्मचारी अनिवार्य उपस्थिति हुनु पर्ने मन्त्रालयले परिपत्र गरेपछि जिल्लाका प्रशासन कार्यालयले मातहतका कर्मचारीलाई यस्तो निर्देशन दिएको हो ।
दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र उदयपुरले यसपटक नयाँ ढंगले हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । सधैजसो बिद्यलयका बालबालिकालाई सहभागि गराईने प्रतियोगितालाई परिमार्जन गर्दै राजनीतिक दल, कर्मचारी, पत्रकार, व्यापारी, सामाजिक अभियन्ता गरी ११ वटा समुहले सहभागिता जनाउने भएको छ ।
असोज २ गते आयोजना गरिएको प्रतियोगितामा स्थानीय तहका जनप्रतिनिधि, संघीय, प्रदेश, स्थानीय तह मातहतका जिल्ला तहका कार्यालयका अलग–अलग कर्मचारी, पत्रकार, गैरसरकारी संस्था, त्रियुगा उद्योग बाणिज्य संघ, उदयपुर सिमेण्ट उद्योग, बैंकका कर्मचारी, त्रियुगा र वरुवा क्याम्पसका बिद्यार्थीले सहभागिता जनाउने मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानेले जानकारी दिए ।
प्रतियोगितामा संबिधान, संघीयता र राज्यपुर्नसंचनाका बिषय बस्तुलाई पाठ्यक्रममा समावेश गरिएको उनले बताए । प्रत्येक समुहवाट एक जना महिला अनिवार्य हुने गरी तीन÷तीन जनाले सहभागिता जनाउने व्यवस्था मिलाइएको छ । प्रतियोगिताका विजेताले ७ हजार, उपविजेताले ५ हजार र तेस्रोले ३ हजार रुपैँया र प्रमाणपत्र पाउने छ भने सहभागिभन्दा वाहिरकाले उत्तर मिलाए आकर्षक पुरस्कारको व्यवस्था गरिउको अध्यष न्यौपानले बताए ।
यस अघि अधिकृत स्तरका कर्मचारीहरुको स्वागत र विदाईमा मात्र सिमित रहेको मिलन केन्द्रको नेतृत्व प्रमुख कोष नियन्त्रक न्यौपानेले लिए संगै रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ । मिलन केन्द्रले यस अघि निजामति सेवा दिवसको अवसरमासमेत बृहत वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो ।
त्यसैगरी दिवसकै अवसरमा असोज ३ गते गाईघाट बजारको लोकतान्त्रिकचौकमा कपडा बैंकको स्थापना गरिने भएको छ । प्रकृति प्रेमी समाजको संयोजन तथा कर्मचारी मिलन केन्द्र, त्रियुगा उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, पेसोक नेपाल, उदयपुर जेसिस, जिल्ला साइक्लिङ्ग संघ, गैसस महासंघ, रेडियो उदयपुर र दाह्ी ग्याङ उदयपुरको सहकार्यमा विपन्न र विपद्मा परेकाहरुको सहयोगार्थ कपडा बैंक स्थापना गर्न लागिएको प्रकृतिप्रेमी समाजका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।
साथै आफ्नो घरदराजमा प्रयोगविहिन अबश्थामा रहेका राम्रा र सफा कपडा उपलब्ध गराईदिनसमेत समितिले अपिल गरेको छ । ‘संविधान दिवश तथा राष्ट्रिय दिवस हर्षोलाका साथ मनाउँ’ घर–घरमा राष्ट्रिय झण्डा फहराउँ तथा दिपावली गरौं’ भन्ने मुल नाराका साथ यो बर्षको दिवस मनाउन लागिएको हो ।
कार्यक्रम कार्यान्वयनका निम्ति जिल्ला समन्वय समिति उदयपुरमा प्रमुख खड्गबहादुर दर्नालको अध्यक्षमा संविधान दिवश समाहरो समिति समेत गठन गरिएको छ । ‘गएको वर्षभन्दा यस वर्ष संविधान दिवश भव्य रुपमा मनाउन लागिएको छ,’ समन्वय प्रमुख दर्नालले भने, ‘आगामी असोज २, ३ र ४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ ।’
दर्नालका अनुसार कार्यालय तथा व्यक्तीका घर घरमा सरसफाइ गरी दिपावली गर्ने, राष्ट्रिय झण्डासहितको रिले दौड प्रतियोगिता, लेखनशैली भएकाहरुको हकमा संबिधानको वहुपंक्षिय आयमलाई उजागर गर्दै लेखरचना प्रकाशन गर्ने, नेपाली सेनाद्धारा विगुल बजाउने, शहिदनको सम्मानका लागि धार्मिक संघसस्थाहरुमा परम्पराअनुसार पाठपूजा प्रार्थना गर्ने, प्रभातफेरीको तय गरिएको छ ।
यसैगरी असोज ४ गते जिल्ला समन्वय समितिको परिसरमा विभिन्न प्रजातिका फलफुलका विरुवा रोप्ने, नेपाल रेडक्रससँग समन्वय गरी खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने र पुन साँझमा दिपावली गर्ने कार्यक्रम तयारी गरिएको छ । समन्वय समितिका अनुसार जिल्ला चार गाँउपालिकाका र चार नगरपालिकामा समेत संविधान दिवश भव्य रुपमा मनाउने गरी तयारी थालिएको छ ।