जितियाको शुभकामना आदान प्रदान कार्यक्रम

0
461

जितियाको शुभकामना आदान प्रदान कार्यक्रम उदयपुरको र्पोतहमा सम्पन्न भएको छ । जितिया बिशेष मुल आयोजक समिति त्रियुगाको आयोजना र वडा कार्यलय १३ को सहकार्यमा थारुहरुको माहान पर्व जितियाको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

“आपन कला,आपन पहिचान,थारु जातीके जितिया पावैनमे बृद्धसवके सम्मान ”नारा संगै कार्यक्रमको आयोजना गरेको हो । वडामा रहेका बृद्धाहरुलाई सम्मान गर्ने उद्धेश्यले समेत कार्यक्रमको आयोजना गरेको समितिका अध्यक्ष अन्जु कुमारी चौधरीले बताउनुभयो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर देवि कुमारी चौधरीले जितिया पर्व थारुहरुले परापुर्वकाल देखिनै मनाउदै आएको मुख्य पर्व रहेको बताउनुभयो । तर अहिले गैरजातीको पर्वहरुको देखासिखि र हस्तक्षेपले गर्दा आफनो परम्पराहरुनै धरापमा आउन सक्ने अवस्था रहेको हुनाले सवै थारुहरु एक जुट भई आफनो चाड,पर्व,रितिरिवाजलाई बचाउन लाग्नुपर्ने बताउनुभयो। उहाले जितिया महोत्सवको लागी त्रियुगा नगरपालिकावाट बजेट छुट्टाएको र उदयपुरको त्रियुगा नगरपालिकामा आश्विन ५ गते थारु कल्याणकारी नगर सभा त्रियुगा उदयपुरको आयोजनामा जितिया महोत्सव सास्कृतिक कार्यक्रमको आयोजना हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा वडा अध्यक्ष पशुपती चौधरीले थारु समुदायमा महिलाको नेतृत्व विकासमा कमीको कारणले गर्दा महिला पछाडि परेको बताउनुभयो । थारु महिलाले आफनो आवाज वाहिर ल्याउन नसकेको कारणले गर्दा पनी महिला माथि हिसां हुने गरेको वताउनुभयो । उहाले महिला हिसां बिरुद्धको अभियानको लागी यो बर्ष वडामा १ लाख ५० हजार रकम बिन्योजन गरेको बताउनुभयो । त्यस्तै उहाले जितिया पर्व महिला दिदिवहिनीको सुख दुःख बाड्ने पर्व भएकोले सवै मिलिजुली सकारात्मक रुपमा पर्व मनाउन अनुरोध गर्नुभयो ।

ad

कार्यक्रममा थारु कल्याणकारी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीले आफनो भेषभुषा,भाषा,कला संस्कृति बचाएर राख्नु पर्ने जोड दिनुभयो ।

कार्यक्रममा थारु बुद्धिजिवि,जनप्रतिनिधि, संचारकर्मी लगाएत थारु महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नृत्य,गायन र नाटक संगै महिलाहरुले आ–आफनो प्रतिभा प्रस्तुत गरेका थिए ।कार्यक्रम अन्जु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्रभा कुमारी चौधरीले गरेका थिए ।