Saturday, July 11, 2026
HomeUncategorizedदोस्रो पटक म्याद थपिदाँ समेत सडक कालोपत्रे भएन

दोस्रो पटक म्याद थपिदाँ समेत सडक कालोपत्रे भएन

विकास निर्माणमा बारम्बार म्याद थपिने नेपालमा परम्परा जस्तै बनेको छ । निर्माण कम्पनीले विभिन्न बाहानामा आलटाल गर्दै बारम्बार म्याद थप्ने गरेका छन् । यस्तै नियती भोग्नु परेको ओखलढुंगा–रुम्जाटार सडकखण्डले पनि ।

सिद्धिचरण नगरपालिका–११ स्थित रमाईलोडाँडादेखि वडा नम्बर ४ रुम्जारटारको बिमानस्थलसम्मको ११.१ किलोमिटर मोटरबाटो कालोपत्रेका लागि दोस्रो पटक म्याद थपिँदा समेत पुरा हुन सकेको छैन ।

आयोजनाले गत जेठ १६ गते डेढ महिनाका लागी अर्थात् असार ३१ गतेसम्मका लागि दोश्रो पटक म्याद थप गरेपनि काम भने पुरा हुन सकेन । निमार्ण कम्पनी तामाङ्ग कुमार जे.भीले  ११.१ किलोमिर सडकखण्ड कालोपत्रेका लागी २०७४ जेठ २३ गते ठेक्का सम्झौता गरेको हो ।

१८ महिना भित्र सकिसक्ने लक्ष्य सहित सम्झौता गरेको कम्पनीले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेपछि २०७६ जेठ १६ गतेभित्र काम सक्ने गरी पहिलो पटक म्याद थप गरेको थियो ।  पहिलो पटक थपिएको समयसिमाभित्र पनि काम नसकिएपछि पुनः दाश्रो पटक  गत जेठ १६ गते म्याद थपिएको हो।

तर थप गरिएको समय भित्र पनि ठेकेदार कम्पनीले सामाग्रीको अभाव देखाउदै काम रोकेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ओखलढुंगाका प्रमुख युवराज खरेलले बताए । दोश्रो पटकको थप गरिएको म्याद सकिदाँसम्म आयोजनाको ७० प्रतिशत मात्र काम सकिएको उनको भनाई छ ।

हालसम्म सडकको कुल लम्बाई ११.१ किलोमिटर मध्ये चार किलोमिटर सडकखण्डमा मात्रै कालोपत्रे गरिएको छ । तर, निर्माण कम्पनी तामाङ्ग कुमार जे.भीका प्रतिनिधि तथा ठेकेदार लेखजङ्ग थोकरले समयमा बिटुमिन अर्थात अलकत्रा नपाइँदा काम गर्न नसकेको बताए । उनले देशैभरी अलकत्रा अभाव भएकाले त्यसको मार आफुहरुले पनि खेप्नुपरेको बताउँदै अब भने आगामी दशै अगावै बाँकी काम सकिसक्ने आश्वासन दिए ।

सडकको भ्याट सहित कुल २० करोड ६८ लाख १४ हजार ९ सय १८ रुपैयाँको लागतमा कम्पनीले ठेक्का लिएर काम थालेको हो । एशियाली विकाश बैँक र स्वीस सरकारको सहयोगमा कालोपत्रे सुरु भएको यस ओखलढुङ्गा–रुम्जाटार सडक खण्ड भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालिन भूकम्पीय सहयोग अन्तर्गत कालोपत्रेको काम सुरु गरिएको हो ।

RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular