वडा नम्वर ८लेअति विपन्न घर परिवारलाई राहत बाड्दै

राजावास । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ ले आफना वडामा रहेका अति विपन्न घर परिवारमा राहत बाड्दै छ ।

वडा भित्रका टोल विकास संस्थाहरुले दिएको तथ्याङक अनुसार ज्याला मजदुरी गरेर खाने घर परिवारमा यो लकडाउनले गर्दा खाध्यन्न संकट परेको भन्दै राहत वितरण गरिरहेको वडा अध्यक्ष कमल कुमार राउतले बताउनुभयो ।उहाले,प्रति घर १० किलो चामल,१ किलो दाल,१प्याकेट नुन,१ लिटर तेल वडा भित्र ५ सय ५० घरधुरीमा वितरण गर्ने बताउनुभयो ।

त्रियुगा नगरकार्यपालिको निर्देशन अनुसार ५ लाखको राहत कोष वाट वितरण गरिरहेको वताउनुभयो । शुक्रवार देखि सुरु गरेको वितरण कार्यक्रम शनिवार सम्म वडाको सवै टोल विकास संस्था मार्फत वितरण गरि सकिने अध्यक्ष राउतले बताउनुभयो  । राहत वितरणको पहिलो दिन त्रियुगा नगरपालिकाको मेयर वलदेव चौधरी,उपमेयर देवी चौधरी स्थानिय राजनितिक दलहरु र जनप्रतिनिधीहरुको रोहवरमा राहत वितरण गरिएको थियो ।